Thursday, 24 January 2019

खै कहिले सम्म​??


खै कहिले सम्म​??
एउटा समान्य किसान परिवारमा जन्मिएकी छोरी म। बुवाले हाम्रो शिक्षा दिक्षाको लागि धेरै मिहिनेत गर्नुभयो। छोरीलाई पढाउन यत्रो पैसा खर्च किन गरेको भनेर ताना मार्न​ पछि नहट्ने मेरा आफन्तनै अब्बल नम्वरमा थिए।
नर्सिङ्मा स्नातक शिक्षा हाँसिल​ गर्न सजिलो थिएन।  मिहिनेत सोचे भन्दा बढिनै लाग्ने। कति रात अनिदो बसेर असायिन्मेन्ट पुरा गर्नुनै पर्थ्यो। मलाई कमुनिटी भिजिटमा जान रमाइलो लाग्थियो। मानिसका सत्य कथा व्यथा प्रष्ठ देख्न सुन्न पाइन्थ्यो। अहिले पनि पूर्व अनुभव सम्झना आउदा मन चसक्क दुख्छ
कुरा लगभग - वर्ष पहिलाको हो। मेरी साथी रिसर्च गर्न पूर्व चितवनको एउटा एबोर्सन किल्निक​मा पुगेका थियौ। त्यो बेलाको एउटा घटनाले मलाई अझैपनि मनमा खुलदुली मच्चाइ रहन्छ
किल्निक​को एउटा कुनामा आफ्नो फाइलको ठेली बोकेर बसेकी थिए। झट्ट मेरो नजर एक महिलामा पर्यो। उनी २५-२६ वर्ष जस्तो देखिन्थिन उनी मसिनो जीउडाल भएकी, लामो ढाडसम्म झरेको त्यो लोभलाग्दो कपाल​, धुलो मैलो लागेको गाडा हरियो सारी, पातालो खिएको त्यो म्याजिक चप्पलमा थिइन मसिना आँखा, नेप्टो नेप्टो नाक भएकी। बाघले लखेटेको मृग जस्तै हतासिदै कोठामा पसिन थचक्क वैटिङ रुमको एउटा कुर्सिमा बसिन आफ्नो पालो कुर्दा पनि उनी धेरै अतालिएको देखिन्थिन्।
मलाई उनीसंग बोल्न ठुलो इच्छा जाग्यो । उनको नजिकै एर बसे।
- "नमस्कार​, रमा"
उनी ( हिच्किचाउदै) - "नमस्ते"
उनको नजर एक टकले कति बेला आफ्नो पालो आउछ भन्दै ढोका तिरनै परिरहेको थियो।
- "अनि बहिनीको नाम के नी?"
उनी - "चम्पा"
उनको नजर अझै हटेको थिएन उतै घाटी तन्काउदै थिइन
"अनि कति वर्ष हुनुभयो नि?"
"२० वर्ष​"
उनलाई हतार एको देखेर एकछिन चुप लागेर बसिरहे। उनको पालो आइहाल्यो भित्र पसिन
मलाई चम्पा बहिनीसंग बोल्न इच्छा मरेकै थिएन कुरेरै बसि रहें।
करिब आधा घन्टा पछि मात्र उनी बाहिर मलिन अनुहार लिएर टाउकोमा हात राखेर थचक्क बसिन्
उनी धेरै चिन्तित देखिन्थिन
त्यो किल्निक​को भिड पनि घटि सकेको थियो। हतार हतार चम्पाको नजिक पुगें।
उनी निकै चिन्तित निन्याउरो देखिन्थिन्।
केहि नबोलि उनको नजिकै एर बसें।
उनको आँखा रसाएका थिए।
- "चम्पा ! के भयो तपाइलाई?"
उनी (भक्कानिदै)- "के भन्नु दिदी त्यो मोरोले गर्नुगर्यो।"
एकछिन नतमस्तक भएँ।
"भन्नुन के भयो? केहि मदद्त गर्न सक्छु कि?"
(मसिनो स्वरमा) "खै के भनु? कहाँबाट सुरु गरु???"
उनी रुँदै आफ्नो व्यथाको पिटारि खोल्न थालिन
मेरो घर पर्वत हो। बुवाले ठुलो व्यपारी भनेर घर नजिकैको रिठ्ठाबाको छोरा पर्ने संग मेरो विवाह​ गरिदिनु भयो। पनि खुसि थिए
हामी बर्दिया आएर बस्न थाल्यौं। केहि महिना उसले मलाई सुखिनै राखेको थियो तर पछि उसको व्यवहारमा परिवर्तन आउन थाल्यो। सानो सानो कुरामा झगडा गर्ने, कति रात घरमानै नआउने गर्न थाल्यो। एक दिन राति उसले आफ्नो साथीलाई घर ल्यायो। मलाइ एउटा कोठामा थुनेर उसले साथीलाई त्यो कोठामा पठायो।
मैले धेरै कोसिस गरें त्यसको चङ्गुलबाट फुत्किनलाई तर सबै कोसिस नाकाम भए। रोएँ, कराँए, बिलौना गरें तैपनि कसैले सुनेनन् मेरो हार गुहार
प्रत्यक रात नयाँ नयाँ मान्छे आउन थाले। हर कोसिस गरिरहें त्यो नर्कबाट फुत्किन
धेरै दिनको कोसिस पछि अन्तत त्यो नर्कबाट भागेर हिडें।
पछि थाहा भयो मेरो पेटमा बच्चा रहेछ त्यसैले यहाँ आएको हो।।।…
उनको पिडा सुनेर मेरो आखाँ रसाए।
उनी भक्कानिदै – “ दिदी मलाई यो बच्चा जन्माउने मन​ छैन। भित्र दिदीहरुले बच्चा फाल्न गार्हो छ भन्नुभएको छ​। छोरी भई भने फेरि अनेक दुःख भोग्नु पर्छ नानाथरिका लाल्छना लगाउछन्। दिनप्रतिदिन बलात्कारको घटना सुनिन्छ अबला कसरी जोगाउनु ?? जीउदै मार्नुभन्दा नजन्माउनुनै राम्रो नि दिदी॥“
सुन्य थिएँ। मेरा मुखमा केहि भन्ने शब्द​नै थिएन मैले चम्पालाई सान्तोना दिने कोसिश गरेरहें। तर उनी आँशु पुछेर निस्किहालिन्।
आज पनि मेरो मनमा अनेक कुरा खेल्छन्। चम्पाको पिडाको कल्पनासम्म पनि गर्न सक्दिन अझै पनि हाम्रो देशमा छोरी भएर जन्मनु अभिशापनै भएको दिन प्रतिदिन नयाँ नयाँ घटना सुनिन्छन् प्रतेक दिन कुनै कुनै अप्रिय घटना हाम्रो अखबारको पहिलो प्रिष्ठमा छापिएकै हुन्छ अझै न्याय नपाएका निर्मला जस्ता अबोध नारीको चिच्याहट गुञिरहेकै यो देशमा। कति गुञावोट कति पुकार त्यसै माटो मुनिनै मलिन भइसक्यो। अन्याय र अत्याचारले सिमा नाघि सक्यो। खै कहिले सम्म​??

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...