Sunday, 9 December 2018

समय


समय

सबै भन्दा बलवान तिमी
तिम्रा अगाडि टिक्न सक्तैन कोहि विद्वान​
तिम्रै सामु शिर झुकाउन बाध्य​
को मानिस को भगवान​
अनुभुति गराउँदै हरेक गल्तिको
सुरुवातमा बहस ल्याउछौ अन्त्यमा झुकाव​
भोगि पनि जोगि पनि बनाउछौ तिमी
क्षणिक​ हाँसो दिलाउछौ र धेरै गम​
पश्चताप दिलाउछौ कहिले
छाड्छौ तिमीनै कहिले गुन्
म फेरि फर्कन्न भनि अल्छि घडिका काँटाहरुलाई
छिटो छिटो धवाउछै तिमी
चालि रहन्छौ चक्र एउटै रफतारमा
न कसैले रोक्न सक्ने न त छेक्ननै
जो कसैले तिम्रो मर्म जान्यो
उसैले आफ्नो जीवनलाई पहिचान्यो

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...