Sunday, 9 December 2018

समय


समय

सबै भन्दा बलवान तिमी
तिम्रा अगाडि टिक्न सक्तैन कोहि विद्वान
तिम्रै सामु शिर झुकाउन बाध्य
को मानिस को भगवान
अनुभुति गराउँदै हरेक गल्तिको
सुरुवातमा बहस ल्याउछौ अन्त्यमा झुकाव
भोगि पनि जोगि पनि बनाउछौ तिमी
क्षणिक​ हाँसो दिलाउछौ धेरै गम
पश्चताप दिलाउछौ कहिले
छाड्छौ तिमीनै कहिले गुन्
फेरि फर्कन्न भनि अल्छि घडिका काँटाहरुलाई
छिटो छिटो धवाउछै तिमी
चालि रहन्छौ चक्र एउटै रफतारमा
न कसैले रोक्न सक्ने छेक्ननै
जो कसैले तिम्रो मर्म जान्यो
उसैले आफ्नो जीवनलाई पहिचान्यो

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...