Wednesday, 5 July 2017

जलजीवालयको माछा

जलजीवालयको माछा

धेरै खुसि थिएँ म​
नयाँ वातवरण नयाँ रगीबिरङ्गी साथीहरु
अनेक थरिका पानी फोहरा
नयाँ रङ्गमा ढल्दै थिए
अलिकति पार जान खोज्छु ढोका बन्ध छ​
फेरि नयाँ बाटो बदल्छु अफ्ठेराहरु आईलाग्छन्
सबै कुरा बुझ्दै जान्छु वनावटि रहेछन्
सुन्दर प्राक्रितिक संसारमा खेल्ने म​
आज यो अप्राक्रितिक दुनियामा रुमली रहेछु
जिन्दगी जिउन पनि आफ्नै मित्रहरु बिच झमेला
कहिले कुन् किल्लामा कहिले कुन्
जीवननै अरुको भरमा बाच्ने भएछु
संघर्श गर्दै छु
लड्दै छु
नयाँ दुनियामा प्रभेशको आशमा
सुन्दर स्वच्छ सामुन्द्रिक आनन्द लिने
खुला आकाशको काखमा अाफ्नै एउटा घर बनाउने

4 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...