अञान अवोध मन मेरो
तिमीलेनै सवारिदिएको थियौ
मलजल गरी काँडा रुपि संसारमा
कोमल मखमल फूल फूलाई दियौ
जस्तै हावाहुरी आएतापनि
सधै मेरो ढाल बनि तिमीनै उभीरह्यौ
जस्तै कठोर परिस्थितिलाई
हाँसैहासोमा अंगालने साहश जगाइदियौ
आज अनायसै मलाई एक्लो बनाएर गयौ
मेरा आखा तिमीलाईनै खोज्दै छन्
मेरो मन तिम्रै कल्पनमा बाच्दै छ
तिम्रै सम्झनामा रम्दै छ
हाम्रो प्रेममा कस्को आँखा लाग्यो
साएद दैवको लिलानै यस्तै होला
कस्तो निष्ठुरी संसारको लेखाजोखा
आफ्नै जिन्दगी निल्नु न उकेल्नु बनायो
No comments:
Post a Comment