Thursday, 13 July 2017

तिम्रो सम्झनामा


अञान अवोध मन मेरो
तिमीलेनै सवारिदिएको थियौ
मलजल गरी काँडा रुपि संसारमा
कोमल मखमल फूल फूलाई दियौ

जस्तै हावाहुरी आएतापनि
सधै मेरो ढाल बनि तिमीनै उभीरह्यौ
जस्तै कठोर परिस्थितिलाई
हाँसैहासोमा अंगालने साहश जगाइदियौ

आज अनायसै मलाई एक्लो बनाएर गयौ
मेरा आखा तिमीलाईनै खोज्दै छन्
मेरो मन तिम्रै कल्पनमा बाच्दै छ
तिम्रै सम्झनामा रम्दै छ​

हाम्रो प्रेममा कस्को आँखा लाग्यो
साएद दैवको लिलानै यस्तै होला
कस्तो निष्ठुरी संसारको लेखाजोखा
आफ्नै जिन्दगी निल्नु न उकेल्नु बनायो

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...