Sunday, 12 April 2020

उनी र पानीपुरी


उनी पानीपुरी

सधैझै नारायणीको किनारमा मान्छेहरुको जमघट निकैनै थियो।
कोहि हावा खान आउथे, भने कोहि भजन सुन्न​, तेस्तै पानीपुरि, चटपटे खान, भने कोहि फोटो खिच्न अनि आजकाल बोटिङ गर्ने पनि छुटै भिड l
हो सचिनै… त्यो सिरिरि हावा, त्यो सुर्यास्तको रमणिय द्रिश्यको छुट्टै मज्जा थियो।
मान्छेहरु त्यो सबैमा मग्नहुन हतार हतार लम्किने भिड कम भएको थिएन
सधैझै पन्डितजीको पानीपुरी पसलमा बसिरहेको थिए। भन्नुपर्दा मेरो दैनिकि नै बनेको थियो। हाम्रो ज्ञाङको अड्डानै यहि थियो।
पानीपुरी सबैले खानु एकै होला?
कसैले यसलाई फुल्की, गोलगप्पा कसैले पुच्का पनि भन्दा रहेछन्।
हामी यहाँ चितवनमा पानीपुरी भनेर नै प्रख्यत छ।
त्यो गोलो कुरकुरे पुरीमा भरिएको आलु-प्याजको मिक्स अनि इमिली, कागती मसलाले बनेको त्यो स्वादिलो पिरो, अमिलो चट्ट परेको पानीमा डुबाएर खानुको मज्जा आहा॥॥
मुखबाट पानी सम्झदैमा आउने॥॥
हाम्रो ग्रुपमा कसैको birthday होस या कुनैपनि पार्टिको treat होस पानीपुरी हुनै पर्थेयो l
त्यस्तै त्यो दिन पनि मेरो उद्धेश्य​ भनेको पानीपुरी खाने बेलुकि एक कप तातो कफि खादै आरतिको धुन सुन्नेनै थियो। साथिहरु खाने भन्दपनि को -को आउछन..चिनेको आए बोलिहाल्ने.., एसो जोडि देखे भोलिपल्ट कलेजमा उभद्रो मचाउनेनै थियो।
"ए पन्डित भाइ दुई प्लेट पानीपुरि देउ त​।"
"ओहो दाजुहरु आज जम्मा दुई प्लेट मात्र माग्नु भ​एको छ त​?"
" धेरै कुरा नगर भाइ॥ यो त सुरुवात मात्र हो।"
पन्डित भाइलाई जिस्काउदै, गीत गाउँदै, हल्ला गर्दै खानुको आनन्द छुट्टै।
हामी सधैनै तेहि पसलमा जाने भएर पनि होला जे भनेपनि हाँसेर टर्थियो।
साथीहरु केटिहरु त्यहाँ आउने वितिक्कै सधैनै आवाज अझै चर्को बनाउदै गित गाउन थाल्थे।
मेरो ध्यान भने पानीपुरीमा नै डुबिरहन्थ्यो।
त्यो दिन हल्लाहरुको बिचमा एउटा सुरिलो स्वरले एक्कासि मेरो ध्यानाकर्षण गर्यो।
" म पानीपुरी खाँदिन बरु कफिनै बनाइदेउ भाइ।"
म त्यो केटीहरुको ग्रुपमा कस्को आवाज हो भनेर तन्किएँ।
सेतो कुर्थि र निलो जिन्समा, काँध सम्म आउने त्यो घुमाउरो कपाल​, सर्लक्क परेको जिउडाल​, ठुलाठुला मृगका जस्ता आँखा। त्यो झपक्क परेको परेलाले हामी तिर नियाल्दै थियो। हामी तिर तर्के नजर पार्दै आफ्नो साथिहरुसंग मुस्कुराएको त्यो मुस्कान​॥॥ ओहो॥॥
मलाइ एकै नजरमा माया बसेको थियो।
मेरो मनका तरङ्गहरु तरङित भ​एका थिए। पानीपुरीको स्वादमा डुब्ने मलाइआज त्यो पानीको स्वादले छुन सकेन​।
म उनैलाई हेरि टोलाई रहें। मेरा नजर उनीमा गएर अढीइरहे।
मलाइ उनी सामु ग​एर बोल्ने आँट पनि थिएन​।
करिब आधा घन्टा पछि त्यो ग्रुप गयो। मैले केहि गर्न सकिन एकाएक हेरिनै रहें।
" ओए के टोलाएको?" गइ सके ती॥
गललल​… हाँसोले मलाई बिम्झायो।
अवाक म मुस्कुराएँ मात्र​।
म कति बेला घर पुगेछु पत्तोनै भ​एन​ l
मेरो मनमा उनको मात्र झझल्को आइरहेको थियो।
मनमा उबजिएका अनेकौ प्रश्नहरुले राम्रो सङ्ग निदाउन पनि सकिन​। कहिले भोलि होला र उनीसङ्ग भेटेर कुरा गर्ने मात्र मेरो आभिलाशा थियो।
भोलिबाट पर्सि भयो अनि निको पर्सि तर उनी आइनन्॥॥
मेरा यी दुई नयनले सधैं उनीलाई नै कुरिरहे llll




2 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...