Monday, 29 April 2019

नारी


नारी

सहनशिलताकी प्रतिमुर्ति
सालिन पवित्र गुणवति गंगा
नम्रता र ममताकी चिनारी
सृष्टिको मुल हौ तिमी नारी

कोपिलामा नै झारिन्छ तिमीलाई
बेचिन्छ इज्जत​ बजारमा तिम्रै
दबाइन्छ कहिले जुताको तलुवा मुनि
काटिन्छ कुरा टोलटोलमा तिम्रै

अगाडि बढे उत्ताउलीको उपमा
चुपचाप बसे हिंसा छ घरघरमा
बुढी भए बोक्सी भन्छन्
सिउँदो रितिए कलङ्किनी तिमीलाई

कसैकी दिदी बहिनी त​
कसैकी छोरी, बुहारी
किन बिर्सिन्छौ हे नर​ 
तिमीलाई जन्माउने आमा हुन नारी

आइलाग्ने माथि जाइलाग्न तयार​
देवी, महाकालीको रुपलिन पछि पर्दैनन नारी
कसैको कठपुतली हैनौ तिमी
हातमा हात मिलाई उठ, अब जाग नारी

  -  शुभा देवी सापकोटा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...