Monday, 29 April 2019

नारी


नारी

सहनशिलताकी प्रतिमुर्ति
सालिन पवित्र गुणवति गंगा
नम्रता ममताकी चिनारी
सृष्टिको मुल हौ तिमी नारी

कोपिलामा नै झारिन्छ तिमीलाई
बेचिन्छ इज्जत​ बजारमा तिम्रै
दबाइन्छ कहिले जुताको तलुवा मुनि
काटिन्छ कुरा टोलटोलमा तिम्रै

अगाडि बढे उत्ताउलीको उपमा
चुपचाप बसे हिंसा घरघरमा
बुढी भए बोक्सी भन्छन्
सिउँदो रितिए कलङ्किनी तिमीलाई

कसैकी दिदी बहिनी
कसैकी छोरी, बुहारी
किन बिर्सिन्छौ हे नर​ 
तिमीलाई जन्माउने आमा हुन नारी

आइलाग्ने माथि जाइलाग्न तयार
देवी, महाकालीको रुपलिन पछि पर्दैनन नारी
कसैको कठपुतली हैनौ तिमी
हातमा हात मिलाई उठ, अब जाग नारी

  -  शुभा देवी सापकोटा

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...