Thursday, 12 March 2020

जब देखी तिमी मेरो जीवनमा आयौ


जब देखी तिमी मेरो जीवनमा आयौ
मिति २०६५ फाल्गुन २४ गते, दिउशो बजे ललितपुर को जाउलाखेलमा हाम्रो पहिलो भेट भयो हाम्रो आपशी मेल हुन समयनै लागेन तिमीले मेरो जीवन प्रवेश गर्यौ
अति नै  हर्शित तथा उल्लासित थिए तिम्रो बयान साथिसङ्ँगी सँग गर्न​ धेरै नै आतुर​ हुन्थिए
चिटिक्क परेको तिम्रो जिउडाल, देख्दा सबैको मन लोभ्याउने तिम्रो रुप​।
आहा॥॥।
साँचिनै मलाई तिमी सङ्ग माया बसेको थियो।
तिमीलाइ सुरक्षित राख्ने तथा नयाँ नयाँ पहिरन पहिराउन म सधै तत्पर हुन्थें।
मेरा साथिहरुले पनि तिमी जस्तै प्रिय खोजेछन्। उनिहरुको जतिनै बयान सुने तापनि मलाई तिमीनै प्यारो थियौ।
तिम्रो जस्तो आकृति, श्वरुप​ रङ्ग भए पनि मेरो सधै प्रिय छौ।
जोकसैले  तिम्रो बयान गरे मक्ख पर्थें। यदि तिम्रो आलोचना गरे मेरो रिसको पारो तातथ्यो।
जहाँ कहि गए पनि तिमी साथ हुन्थ्यौ सधैभरि। घर​, कलेज​, आफिस सम्म को जिवन चक्रमा सधै साथ तथा भरोशा मिलेको थियो।
कुनै पनि काममा होस या कसैको सम्झना होस पहिले तिम्रो साथ खोज्थे।
मेरो जीवनका कुनै पनि पल तिमी बिना बाँच्न कठिन बनेको
हो.. मेरो सच्चिनै तिमीमा निर्भरता बड्दै छ।
“मेरो प्रिय दुर्भाश यन्त्र (मोबाइल​)”
मेरो बिहानीको अलर्म देखि दिन को अन्त्यको सुमधुर धुन सम्म तिम्रो साथ कहिले छुटेको हुँदैन​। कामको अप्पोइन्टमेन्ट होस या कसैको फोन नुम्बर होस या आफन्तिको जन्मदिन नै किन नहोस सबै तिम्रै भरमा चलेको छ​। 
बैकको काम​, कलेजको फिस​, पानी बिजुली टेलिफोन सबैको फिस तिमीबाट हुन्छ मनोरञ्जन नै किन नहोस सबै तिमी ले नै उपलब्ध गराउँछौ।
तिमी बाहिर पनि समाज साथिहरु छन्। बैधिक ज्ञान पाउने सुन्दर हरियाली भन्ने पत्तो हुन छोडेको
मानसिक​, शाररिक तथा सामाजिक समस्याको विकास गराउदै छौ॥
तिमीले कति बिकृति पनि निम्त्याएका छौ भन्ने हेक्का छैन
पहेला बच्चाहरु बाहिर खेल्न जन्थे, समाजमा घुल्मिल हुन्थे भने आजकल आफ्नै PUBG, Tiktok जस्ता अनेकौ कार्यक्रममा अल्झिन थालेका छन
हो तिमीले हाम्रो जिन्दगीलाई सरलीकृत, भरपर्दो सुविधाजनक बनाएका छौ तर कुनै पनि कुरामा अत्याधिक आश्रित हुनु जीवनलाई अस्वस्थ बनाउनु हो।

2 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...