Wednesday, 1 April 2020

मुक्ति

मुक्ति

हृदयका पानामा अल्झिएका
तिता अतितका स्मृतिहरु
आज एक्कासि मानसपटलमा
सम्झना बनि झल्किदै छन्
लहुका अक्षरहरुले कोरिएका
ति निष्ठुरी कथा व्यथाहरु
दुई थोपा आँशुका ढिका बनि झरिरहदै छन्
नियतिको खेल यस्तै रहेछ​
जीत भन्दा हार नै प्रथम भ​एछ​
आज हैन भोलि भन्दै गन्दै
माकुराको जालो सरि जेलिएछ​
आज एक्कासि मनले विद्रोहि
लडाईमा होमिने अठोट गर्यो
पिंजडाको सुगाले बषौं देखि कल्पिएझैं
आन्दोलनको विज रोपि
मुक्तिको झन्डा फरफराई
खुला निलो आकाशमा रम्ने
आशा बोकि हिड्दै छ जिन्दगी

शुभा

2 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...