Sunday, 7 May 2017

त्यो सानो चिया पसल



त्यो सानो चिया पसल

दिनभरिको गाँउ गाँउ डुलेर डाटा कलेक्सनले थाकेको म एक्कै छिन पल्टन पाए पनि हुन्थ्यो भन्ने लगेको थियो तर के गर्नु फेरि भोलि गोरखा जानै थियो । त्यहाँ पनि हाम्रो एन. जि. वो. ले अनुसन्धन गर्न भनेर मलाई र मेरो हकिम दिना दिदिलाई खटाएको थियो । म भोलि के गर्ने कसरि गर्ने सोच्दै निदाएछु ।
भोलिपल्ट दिना दिदी गाडी लिएर मेरै घर अगाडी आइपुग्नु भयो म छक्क पर्दै हतार हतार समान बोकेर तल झरे।
"नमस्कर दिदी, हजुरले किन दु:ख गर्नु पर्थेयो म बसपार्क आइहल्थिए नि।"
"नमस्कर ठिकै छ नि l आउ बस हतार पनि छ छिट्टो पुगिन्छ​।
म खुसि हुदै पजेरोमा चढें।
अफिसले दिएको कालो पजेरो गाडि अरम्दाई थियो।
हामी सात नै बझे हिडियो गोर्खा तर्फ​। धुलो बाटो, फेरि बिस्तार गर्न बनाएको बाटो अलिक अफ्ट्यारो त थियो तर ए. सि. ले गर्दा केहि महसुस भएन​।
दिदी भन्दै हुनुहुन्थ्यो - " आजनै गोर्खा बजार पुगेर वरपर डाटा कलेक्ट गर्न पर्छ नत्र हामिसंग धेरै समय पनि छैन​। रिपोर्टको ड्रफ्ट येहि साता बुझाउन पर्छ​।"
टिरिङ टिरिङ.... टिरिङ टिरिङ्....
मोबाइलको घन्टि बज्यो ll
फोने रिसिभ गरेर दिना दिदी म तिर हेरेर​,,,, "खत्तम भयो नि हाम्रो प्लन सबै चकनाचुर होल जस्तो छ​।"
म छाक्क परेर सुनिरहे।
"हेर न बाटो त बन्द छ रे। मुग्लिन पुग्न भन्द ५ कि मि वरनै पहिरो गएको छ रे नि। ३ - ४ घन्टानै कुर्न पर्ने भयो।"
हामीले गाईघाट नजिकै बस्ने निधो गरियो।
त्यहाँ २ - ४ वटा मात्र चिया पसल रहेछन्। ड्राइभर दाइले एउटा पसलमा लगेर गाडि रोक्नु भयो। गाडिबाट झरेर हामीले चिया अडर गरियो।
"दिदी तीन कप चिया बनाईदिनु है।"
"हुन्छ, बस्नुहोस न ।" उताबाट उत्तर आयो।
दिदी त भनिहाल्ए तर बहिनी जस्तो देखिन्थिन्। मननै नमा​एपछि सोधे।
" न रिसाउनु है, केटीको उमेर नसोध्नु भन्छन तर केटीले नै सोध्दा त केहि नहोल नि है? भद्नै हस्दै सोधे।
मुसुक्क मुस्कन छोड्दै उनले भनिन “२२ भइयो नि”।
“ए बहिनी पो हुनुहुदो रहेछ​। सरि है” l
लजालु मुस्कान्, त्यहि माथि पनि डिम्पल पर्ने गाला, त्यो मकैको मिलेको घोगा जस्तै टमक्क मिलेका ती दन्त लहर,, साँचिनै राम्री थिइन तिनी।
म कुरा बढाउदै गए। “अनि बहिनी कति भयो त यहाँ आएर बस्नु भएको?
“तीन बर्ष भयो नि यहा आएको त”​।
“अनि येति छित्तै किन बिहे गर्नु भयेको नि?
“के गर्ने दिदी बा ले बिहे गर्दिहले”। लजाउदै भनिन्।
“अनि श्रीमान कहाँ हुनुहुन्छ त​?
“बिदेश जानुभएको छ​”।
“अनि यहाँ तपाईलाई एक्लै छडेर​?
“हुनुहुन्छ नि सासुससुराहरु त​।“
“सानै उमेर छ पढ्न जानु भएन त​?
“अब पनि के जानु। फेरि कस्ले ब्यपार गर्दिन्छ​? खान पुग्ने पैसा त कमाउन पर्यो नि। हैन र​?
मेरो जवाफमा शव्द थिएनन्। मुस्कुरए मात्र​ l
“श्रीमानले पैसा पठाउनु भएको छैन त​?
“५ - ६ बर्षहो कान्छी दु:ख गर्ने त्यस पछि हाम्रो पनि दिन आउछ भन्नुभएको छ​”। भन्दै दिन गन्न थालिन्।
म यसो नियाल्दै थिए उनलाई। मैलो कुर्था लगाएकि, लुरो ज्यान​, दाउराको धुवाले होला अनुहार कालो कालो देखिएको।
चिया पकाएर हामीलाई दिएपछि त्यहि नजिकै आफ्नै माइती आएको जस्तै हामी नजिकै बसिन्।
“अनि बहिनी यहा आएर कस्तो महसुश भएको छ त​?
लजाउदै “कस्तो हुनु खै॥ खुसिनै छु। २-४ बर्ष दु:ख त हो।“
त्यो शव्दले मलाई अन्योलमा पार्यो। कुरा गर्दै जाँदा कति छिट्टो जाने बेला भएछ पत्तो नै भएन। बिदा भएर हाम्रो बाटो लागियो।
मलाई बाटो भरि उनकै मात्र याद आई रह्यो। नाम पनि सोधिनछु बल्ल पो होश आयो।
त्यो ठाँउ, हात मुख जोर्न पनि धौधौ हुने स्थितिमा पनि उनी खुसिनै देखिन्थिन्। मनमा भविष्यको सुन्दर सपना कल्पदै थीइन्।
यसो आफैमा तुलना गर्छु सबै कुराले पुर्ण भएतापनि हामी कति अपुर्ण रहेछौ। सुख भनेको त नयाँ कुरा पाउनुमा नभइ जे छ त्यसमा रमाउनुमा रहेछ​। जीवन भरिनै सुखसन्तुष्टिको पछि लग्दैमा ठिक्क भयो तर जीवनलाई बाच्न सिकिएको रहेनछ​।
अन्त्यमा त्यो सानो चिया पसलकी बहिनीले सानो उमेरमा धेरै ज्ञान सिकइन। यस्तै मनमा उथल्पुथल भइर्यो। लाखौ प्रश्नले आझै मनमा जरा गडिरयो ।

-    शुभा देवी सापकोटा

2 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...