Saturday, 13 May 2017

सपना



सपना

हो म दिउँसै सपना देखि रहेछु
नयाँ नेपालको, अखण्डित नेपालको
स्वच्छ​, सफा र सुन्दर नेपालको
के गलती भयो र म बाट
म पनि नेपाली हुँ
मेरो पनि सपना छ​
मेरो देशको नाम बिश्वमा चम्काउने
म देखि रहेछु
आफ्नै आमाको कोख रित्याउने
छुरा घोप्ने
भरि सभामा निंल्ज्ज तुल्याउन पछि नहट्ने ब्वाँशाहरुलाई
म भोगि रहेछु
गोला बरुद र छल्कपटको सहारा लिई
आफ्नै आमालाई तहश नहस गर्ने आतन्ककारिहरुलाई
कुनै कमि छैन आत्मघाति आत्माहरुमा
मैले के गलती गरेँ र​
एक मिठो सपना रच्ने
आमालाई दुःखको भवसागरबाट पार गराउने
उनको अस्मितामा दाग पर्न नदिने
शान्ति भुमि, सगरमाथाको शिर सधै उच्च रख्ने
रातो, चन्द्र सूर्यको झण्डा फरफराउने
मेरो एउटै सपना
आफ्नी मात्रिभुमीलाई मनमा सधै जीवित रख्ने
अटल​, स्वाभलम्भि र गौरभित रहने

शुभा देवी सापकोटा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...