Tuesday, 16 May 2017

भोट के मा ?



भोट के मा ?
जीवनको २८ औं वसन्त पार गरि सक्दा पनि जिम्मेवार नागरिक बन्न सकिएको थिएन । कहिले पढाई त कहिले जागिरको कारणले चुनावमा भोट खसाल्ने मौका मिलेको थिएन । अझै भनौभने घरमा नै चुनावि माहोल छाएको सम्झना छैन मलाई।
येहि २०७४ सालको स्थानिय चुनावमा सबै कुरा मिलेको समय थियो मलाई पनि। २० वर्षमा भएको स्थानिय चुनावमा अाफ्नो मताधिकर प्रयोग गर्ने मौक मिलेको थियो। चुनावि हावाको वेग चल्दै थियो। घर अगाडि मानिसको धुइरो, बाटो भरि चुनावि झण्डा, सभा सम्भेलन भइ रहेको थियो। " रुखले छहारी दिन्छ​", "सुर्यले उज्यालो प्रकाश छर्छ​",,,, अनेक नारा लगाउदै थिए​।
आफू भने अफिसकै काममा व्यस्त थिएँ
"चुनाब आयो त भोट कसलाई दिने हो?" धेरैको प्रश्न त्यही हुन्थ्यो। फेशबुकमा समेत साथी भाइहरुको स्टाटसमा चुनावि चिन्ह देखिन्थ्यो। चुनावको दिन जति नजिकिदै गयो त्यति आफूलाई भने मनमा छटपटि चल्दै थियो।
"लै पर्यो फसाद अब भोट के मा हल्ने?"
मनमा अनेकौं खुलदुली चल्न थाल्यो। साथीहरुलाई सोधेँ -" कसलाई भोट हाल्ने होला है?"
स्थानिय चुनाव हो हाम्रो होइन राम्रो नेतालाई भोट हाल्नु है भनेर धेरै बाट कुरा आयो।
अब फेरी आर्को फसाद । को राम्रो,,, को नराम्रो?
जसलाई सोध्यो आफ्नो पार्टी को राम्रो नि अरु को त कुरै गर्ने होइन भन्ने उत्तर आउने।
अब भएन भनेर उम्मेध्वारको नामको लिस्ट लिएर धमाधम इन्टर्नेटमा खोज्न थालेँ।
सबैले जिते पछि यो गर्छु त्यो गर्छु भन्ने घोषणा पत्र ​त राम्रा थिए तर पहिले एउटा जिम्मेवार नागरिक हुँदा उनले गरेका कामको खासै जिकिर गरिएको देखिएन​। बडो मुस्किलले केही नाम छनियो र भोट पनि हालियो ।
मलाई भने खुलदुलिले सताई रह्यो। के रहेछ त न्यूनतम योज्ञ्ता उम्मेदवार हुन भन्ने लागेर साथीलाई पनि भाइवर गरेँ। उनले हँस्दै - " अर्को चुनावमा उठ्ने अठोट गर्यौ कि के हो ?" भन्दै जिस्काए।
हतार हतार नेपालको सविधान इन्टर्नेटबाट डाउनलोड गरेर खोज्न थालें। केहि पनि त्यस्तो उल्लेख्य योज्ञ्ताको जिकिर गरेको पाईन​।
साँच्चिनै भन्दा कति राम्रो हुन्थ्यो होला उम्मेदवारको न्यूनतम योज्ञ्ता यी पनि थपिए। जस्तै-
१. न्यूनतम स्नातक तह पढेको होस (आङ्गुठा छाप लगाउन नपरोश्)
२. सम्पति बिवरण हुन पर्ने (  भविष्यमा सम्पतिको माया मोहले नपगालोस )
३. एक असल नागरिक बनेर समाझ सेवामा लागेको हुन पर्ने ( देशमा अनेकौं आपत बिपत आउदा पनि एक जिम्मेवर नागरिक बनेर काम गरेको हुनुपर्ने, मात्रिभुमिको माया झल्किरहोस )
राजनिति तर्फ खासै झुकाभ नभए तापनि एउटा जिम्मेवार नागरिकले सजिलै अाफ्नो नेत्रित्वको लागि असल व्यक्ति रोज्न सकून्।

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...