Sunday, 22 November 2020

मौखिक आधुनिकता र व्यवहारिक रुढिवादमा जकडिएको हाम्रो समाज

मौखिक आधुनिकता व्यवहारिक रुढिवादमा जकडिएको हाम्रो समाज

शुभा देवी सापकोटा

नेपाली क्यालेन्डरमा मंसिर धान थन्क्याउने महिना मात्रै हैन विवाहको महिना पनि हो मंसिर यस्तो महिना हो जहाँ पहिलो भएका विवाहका एनिभर्सरि देखी अब हुने विवाहका तयारी हुन्छन मंसिर नै नेपालको यस्तो महिना होला जहाँ विवाहसँगै विवाहको सामाजीक गसिप सबैभन्दा धेरै हुन्छन
त्यहि गसिप सुन्दै आएको एक सामाजीक सदस्य पनि हुँ तर, गत बर्षको मंसिर यो बर्षको मंसिर अलिक पृथक रह्यो अरुबेलाको जस्तो मंसिरे भौगदौढ व्यस्तता यो मंसिरमा कमै भयो कोरोना महामारीको विश्वव्यापी आतंक देखी ढिलोगरि आएको दशै तिहारे क्यालेन्डर यसो हुने कारक बने अन्तरमुखि मनुष्य मलाइ पारिवारिक गफमा खासै चासो हुन्न चासो नभएर मात्रै भाग्न कहाँ पाइँदो रहेछ ? हालसालै एक सामाजीक जमघटमा सहभागी भए छलफलको कन्टेन्टले मलाइ धेरै तान्यो कुरा उहि त्यहि मंसिरे गसिपको विवाहजन्य बिषयनै थियो
कुरा एकजना काकाले निकाल्नु भयो उहाँको कुराको सार यस्तो थियोउहाँको भाषामा ठुलो सरकारी अफिसमा काम गर्ने केटो सम्पत्ती नि धेरै भएको एकपटक सम्बन्ध बिच्छेद भइसकेको , उस्लाइ नयाँ दाम्पत्यको लागी दोस्त चाहिएको
भनिहाले अन्तरमुखी हुँ त्यहि भएर गसिपमा सहभागी भैन तर कुरा भने ध्यानपुर्वक हुने वा भनौ सुन्न बाध्य भए यसै क्रममा काकी भित्रबाट आउनु भयो उहाँले नयाँ प्रशंग ल्याउनु भयो उहाँका अनुसार असारमा बिहे भएकि एक दाइकि छोरीको डिभोर्स भएछ उनको डिभोर्स हुने कारण सूचना अभाव भएर रैछ जब केटी घरमा पुगिन केटाको बारेमा सबै जानकारी पाइन , गरिन डिभोर्स यसरी विवाहलाइ आवस्यक एक अर्काका सूचनाको जानकारी हुँदैन नेपाली समाजमा   त्यहि कुरालाइ वैज्ञता दिन एक सामाजीक उक्तिनै निर्माण भएको जसले भन्छः
मारिकुटि निया
ढाँटिढुटि बिया
काकीको कुरा अझ लम्बाइ ग्रहण गर्दैैथियो मलाइ भने मस्तिष्कमा अर्को ग्रहण लाग्न थाल्यो कुराहरु खेल्ने थाले सोचे, हामी आफूलाइ आधुनिक दाबा गर्छौ फेरिपनि आफ्ना आदतहरुलाइ पनि आधुनिक बनाउन हामीलाइ के ले रोकेको ? हाम्रो समाज किन अहिलेसम्म रुढिबादी रुझानमा व्यस्त मग्न किन यसैमा रम्छ?
एउटा सम्बन्ध बिच्छेद भएको केटाले चै किन सम्बन्ध बिच्छेद नभएको केटि नै खोज्ने प्रथम प्राथामिकता राख्नु? विवहा जस्तो पवित्र बन्धनमा बाधिनेहरुले किन झुटको सहारा लिनु?
बाहिरि आवरणमा हामीले ग्लोबर ठानेपनि हामी मुलतः ढुंगेयुगमै छौँ एउटा सम्बन्ध बिच्छेद भएकोले अर्को साथी पनि तेहि अवस्थाको अपनाउन किन सक्दैन? वा भनौँ उस्को परिवारले अपनाउन किन दिदैन? नदिने सामाजिक ग्रन्थीको जरो के हो?
आम नेपाली समाजमा हेर्दा यस्तो देखिन्छ, जति सजिलै विधुरको बिहे हुन्छ त्यतिनै सजिलो विहे विधुवाको हुन्न कटु वचनले भरिएको जिब्रो फड्कार्न हरपल तत्पर हुन्छ समाज विधवलाइ प्रोत्साहन दिन धेरै कानुनी पाटाहरु सहज बने सामाजीक मनोविज्ञान घरेलु पाटा भने जहिँको तहि छन कानुन बनेर मात्रै परिवर्तन हुँदैन रहेछ भन्ने आम उदाहरण यसलाइ मान्न  सकिन्छ
उमेरको कुरा गरौँ ४० बर्षको विदेशमा रहेको वा उपल्लो ओहदामा रहेको केटाले १८ बर्ष मात्रै कटेको केटी पाउछ पाउछ भन्दा पनि परिवार दिन तयार हुन्छन् अहिलेको कानुनले २० बर्ष पछि मात्रै विवाहको उमेर तोकेपनि यस्ता बिस नपुग्दै ४० कटेकालाइ छोरी दिने परिवार नेपाली समाजका कुनाकुनामा पाइन्छन
केटाको भन्दा ठिक विपरित केटीको सवाल जस्तो २९ कटेकि केटिलाइ समाजले आफ्नो आफ्नो टाइटल दिन थाल्छ घोचपेच गर्न थाल्छ आफन्त समाजनै यो कोरसका सहभागीहरु बन्छन आत्मनिर्भर बनाएर मात्रै छोरीको विवाह गर्न चाहाने आमाबाबुलाइ समेत यस्ता हर्कतले असहज बनाउँछन
फ्रान्सका राष्ट्रपति इम्यानुएर म्याक्रोनले आफू भन्दा २५ बर्ष जेठि आफ्नै टिचरसँग विवाह गरे विदेशमा यस्तो सामान्य हो नेपालमा पनि केहि सेलिब्रेटिहरुमाझ उमेर भन्दा आत्मियतालाइ हेरेर विवाह गरेका केहि उदाहरणहरु छन जस्तो आफूभन्दा धेरै उमेरकि नायिका प्रियंका कार्कीसँग नायक आयुसमान जोशीले विवाह गरे त्यो भन्दा अगाडि सम्राट दाहालले आफूभन्दा धेरै जेठी मनिसा कोइरालासँग विवाह गरेका थिए भलै त्यो सम्बन्ध टिकेन तरपनि, समाजलाइ एक म्यासेज भने थियो त्यो विवाह
सामाजीक संजालमा धेरै उमेरकि केटीसँग विवाह गरेको सार्वजनिक तारिफ गर्नेहरुले निजी गसिपमा भने जोकमा उडाएको नजिर हाम्रौ सामाजिक जमघटहरुमा प्रसस्त सुन्न पाइन्छ विवाहलाइ विल्कुन व्याक्तिगत छनौट मानिन्न हाम्रो सामाजमा विवाहलाइ एक संस्था पारिवारिक तथा सामाजीक दायित्व जस्तो गरि अभ्यास हुन्छ अनि आउछन यस्ता समस्याहरु
पुनः विवाहको झुटकै खेतीको कुरा निकालौँ सबै केटिहरु मलाइ काकीले सुनाएकि केटि जस्तो झुटको सुइँको पाउनासाथ डिभोर्स दिने स्तरका बोल्ड  हुदैनन उनीहरुले जीवनमा कत्ति मानसिक तनाव भोगेका होलान? कत्ति यतना भएको होला? कत्ति डिप्रेसनमा होलान? कल्पना मात्रै गर्दा पनि मलाइ रिंगटा लाग्छ
जत्तिनै शिक्षित भएपनि हामीमा शिक्षाको अन्तर्यबाट व्यवहारिक रुपमा दिक्षित हुन अझैसम्म गाह्रो देखिएको यो सत्य हो कि परिवर्तन पहिलेको तुलनामा भन्दा केहि राम्रो भएको अब यस्तो स्वभाविकइभोलुसनले मात्रै काम गर्दैन अब हामीलाइ चाहिएकोरिभोलुसनहो इभोलुसनकै पक्षमा बस्दा यस्ता सामाजीक कुरितिहरुको सिकार हुनेहरुको संख्या बढेको बढ्यै गर्छ उनीहरुको व्याक्तिगत जिवनको अवमुल्यन गरेर हामीले इभोलुसन क्रमशः हुँदैछ किन रिभोलुसन चाहियो भन्ने हैन सामाजीक तथा व्याक्तिगत मनोविज्ञानको व्यापक रुपान्तरण हुने रिभोलुसनकै पक्षमा हामीले वकालत गर्न अत्यावस्यक ताकि यस्ता सामाजीक बखेडाहरु एकै लहरमा बगेर जाउन कानुनी पक्ष जस्तै व्यवहारिक पक्षपनि सँगसँगै जाउन

विवाहको गसिप :: शुभादेवी सापकोटा  :: Setopati 

 

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...