Monday, 14 December 2020

छोरा भएर नि रुन हुन्छ

 मनको कुनामा, लुकेका ति

भावनाका लहर

निसासिएको त्यो, मनको कहर

खाएका लठ्ठिका कुटाइ

लडेर भाचिएको

त्यो हातको दुखाइ

अन्धकारमा डरले

थरथरिएका ति

ओठका कम्पन्

वियोगान्त मुभि होस

या साथिको बिछोड

मनमा गुम्सिएका ति

वेदनाको कस्मकस​

तैपनि नखसालिएका

ति आँशुका थोपा

भिजेका शिरानिमा पुरिएका

ति रहस्य

बहादुरि मुस्कानको

मुखैटोमा लुकेको त्यो

मनको व्यथालाई

बहन देउ

रोउ, चिच्याउ, कराउ

हृदयमा गुम्सिएको

ज्वालामुखिलाइ फुट्न देउ

किनकि

छोरा भएर नि रुन हुन्छ

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...