Wednesday, 18 November 2020

माफ गर


मुखौटोमा लुकेको

श्रृङ्गारले लतपतिएको

त्यो मुहार​

पुरिएका ति

चिन्ताका रेखा

ठुलो, अनियन्त्रित​

त्यो मिठो हाँसो

सबै देखावटि रहेछन्

गाँठो परेको मनमा  

कति कुण्ठा 

लुकेका रहेछन

सधै तिमी मेरो

घनिष्ठ भन्थ्यौ

माफ गर साथी !!

तिम्रो सहनशिलता

बुझ्न सकिन​

त्यो मुकुण्डोमुनि लुकेको 

व्यदनालाई महसुश​

गर्न सकिन​

माफ गर ll



No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...