ठेला गाडी
सधैझै नतमस्तक भएर निदाउने म एक्कासी झस्याङ्ग भएर बिम्झिए
। यसो चारै तिर हेर्दछु उझ्यालो छ। लौ ! आज पनि यो अलराहमले धोका दिएछ। बिहानको क्लाश
छुट्ने भयो भन्दै जुरुक्क उठेर मुख धोइ लुगा लगाउन थाले। एक हातमा बम पाउरोटी र अर्कोमा
चिसो दुध समाएर मुखमा बुझो लगाइ कुदे। नजिकैको अफिस भएकाले म हिडेर नै जान्थे त्यो
दिन केहि साधन पाइन्छकि भनेर कुरेकी थिएँ।
परबाट एउटा ठेला गाडी घिसार्दै दुई दम्पति देखिए। करिव ५०-६०
बर्षका जस्ता देखिन्थे दुबै। नसकि नसकि त्यो भिड बाटोमा त्यहि माथि ट्रकको स्पिड र
पेल्दै ल्याउने चलन पहिला देखिकै यो बाटोमा पनि निरन्तरनै थियो। बुढा बिचरा त्यो ठेला
गाडी ज्यान लगाएर धकल्दै अगाडि बढ्छन फेरि तेर्सो लाग्छ चक्का। बुढी हात लम्काउछिन
र गाडी गुडाउन सहयोग गर्छिन्।
"लौन बुढा यता हो के यता कता लगेका" भन्दै बुढी कराउछिन्।
बुढा हास्दै " यो ठेलाले भाङ्ग खाएछ कि के हो? यता भन्यो अर्को तिर लम्कन्छ।"
"म बुढो भए भन न बरु त्यसै... नाच्न नजान्ने अगान टेढो" खित्का छोड्दै
बुढी हासिन्।
मेरो नगिकै आई मात्र पुगेका थिए..
“नानी फलफूल लाने हो?” भनेर सोधे।
मेरो फेरि गाडी आईहाल्यो र म पछि लान्छु है भनेर गाडीमा चडें।
अब मेरो मनमा कुरा खेल्न थाल्यो। पछि त भनिहालें कहाँ भेटिन्छ
र अब खै॥।
मलाई उहाँहरुसंग बसेर गफ गर्ने मन थियो। यो उमेरमा किन यो दुःख??
दिनभरि अफिसमा उँहाहरुको मात्र याद आइरह्यो।
त्यहि दिन मलाई आँखा हस्पिटल जान पर्ने काम आयो। अफिसबाट अलि
छिटै निस्किएर हिडेँ। हस्पिटलमा काम सकेर गेटको बाहिर मात्र के निस्केको थिए बाटो पारि
३ वटा ठेला गाडी फलफूल लिएर बसेको देखेँ।
यसो हेरें मैले बिहान भेटेको जोडी कतै देखिन। तर एउटा ठेला
गाडी एक्लै उभिएको थियो। त्यसको मालिक देखिन। अलि परबाट एकजना बुढा आउदै गरेको देख्दा
त मेरो मननै फुरुङ्ग भयो। खुसिले गधगध भए। बिहान भेटिनु भएकै जोडी हुनुहुदो रहेछ।
तेसै त दिनभरि भेट्न पाए हुन्थ्यो भनेर सोचेको अहिले एक्कसि
देख्दा मलाई ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भयो। मक्ख पर्दै बाटो काटे।
बुढा ठेला गाडी नजिकै उभिएका थिए भने बुढी त्यही साथमा चौतारीमा
बसेकी थिइन।
म भने जसरी सानो बालकले आफ्नी आमा देख्दा खुसि हुदै अङ्गालोमा
बाधिन आतुर भएर हामफल्दै जान्छ त्यसरिनै पुगे।
बुबा!! बिहान मैले फलफूल लिन्छु भनेको थिए नि त्यही भएर आएको
भन्दै पुगे।
आखा सानो पर्दै म तिर बुढाबुढी दुबैले हेरे। आखा अलि कम देख्छु
बा,, चिन्नै सकिन भन्दै बुढाले त्यो मिठो मुस्कन दिए।
मेरो बिहान हजुरहरु सँग भेट त भएको थियो तर फलफूल किन्न पाइन
त्यसैले अहिले आएको भनेर कुरा मिलाए।
मलाई समान किन्नु मात्र थिएन। उँहाहरु संग गफ पनि गर्ने मन
थियो। अब कसरी कुरा अगाडि बढाउने सोच्दै थिए।
उता बाट आवाज आयो।
"नानी अनि कता हो त काम गर्ने ठाउँ ?" बुढीले सोधिन्
म छक्क परेर चौतारो तिर फर्किए।
"कसरी थाहा पाउनु भयो आमा?"
"देख्दा सानी छौ,, सारी बेरेकी छौ,, बिहे गरेको जस्तो पनि देखिदैन,, पक्का शिक्षिका हो
कि जस्तो लागेर सोधेकी।"
"हो आमा!! यहि नजिकै छ मेरो कलेज।"
मेरो बोल्ने बाटो खुलि हाल्यो।
"अनि आमा हजुरहरुको घर चै कँहा हो नि?"
“भोजाड हो बा,,, के गर्नु सबैले छोडेर
गइहले। हामी दुई बुढाबुढी मात्र बाकी छौ। आफु काम नगरी खान पुग्दैन के गर्नु है“ मलिनो
अनुहार बनाएर भनिन्।
“अनि खै त छोराछोरी?” मैले सोधे
“सबैको पखेटा उम्रेयो.. रोकेर रोक्न नसकिने रहेछ। उड्न दिनै
पर्यो।“
बुढा तिर फर्केर धन्न यिनीको साथ पाएकी छु नत्र के हुन्थ्यो।
आखाको कोसबाट आशु झर्दै हतार हतार बुढाले देख्छनकि भनेर पुछिन्।
उता बुढा स्याउ बेच्दै थिए। पैसा साट्नै गार्हो पर्दो रहेछ वर्काइ
फर्काइ हेर्दै थिए।
ग्राहक नआएकाले हामी तिर आए।
"के भन्दै छ यो?"
"छोरी पाएर मक्ख छ कि के हो?"
हामी हस्यौ।
"अनि आमा कति बर्ष हुनुभयो त?" मैले सोधे
"यिनी पुग्छन यो असोजमा ६२, म यिनी भन्दा २ बर्ष जेठी छु भन्दै लजाइन्।"
"के गर्नु नानी माया गाढा हुनपर्दो रहेछ उमेर भनेको यस्तै
रहेछ।" बुढाले भने
म मुस्कुराए।
“यो अलि भनेको मान्दिन मिठाइ लुकाइ लुकाइ खान्छे। डाक्टरले चिनी
बढेको छ भन्छन यसो सम्झइदेउ त बा...”
बुढा ले म तिर हेरेर कुरा खोले।
"आमा बुवाले भन्नुभएको त ठिक हो नि। गुलियो कुरा कम खान
पर्यो नि।"
"अब यो मर्ने बेलाँ के मुख बार्नु छ र,, जे रुछ्छ त्यहि खाने हो" भन्दै खित्का छोडिन्।
उनिहरुको न्यानो प्रेम देखेर मलाइ खुसी लाग्यो । यो कस्तो माया॥
लुगा हेर्दा अलि पुरानो देखिन्थ्यो। बुढाको पाएल चप्पल पनि दुई
ठाउँमा सिलाएको थियो।
म उनिहरुलाई नै नियाल्दै थिए।
जस्तै दुख कष्ठ परे पनि एकअर्काको साथ छुटेको थिएन। छोराछोरीको
कुरा आउदा बुढी निराश भएको देख्ने बितिक्कै बुढा ठट्टा गरेर हसाउन सुरु गरि हल्थे।
कुरा गर्दागर्दै साझ पर्न लागेछ। पत्तोनै भएन।
म पनि फलफूल किनेर भोलि भेट्ने अठोट लिएर आफ्नो बाटो लागे।
उँहाहरु पनि ठेला गाडी डोराउदै बिस्तारै बिस्तारै आफ्नो बाटो
लाग्नु भयो।
मेरो मनमा अनेकै तर्कना उब्झिरयो। औला समातेर हिड्न सिकाउने
बाबुआमालाई अहिले बाटो देखाउने कोहि भएन।
के यहि संसारको नियम हो त?
- - शुभा देवी सापकोटा
http://www.baahrakhari.com/news-details/36586/12khari
No comments:
Post a Comment