Tuesday, 19 September 2017

अन्तर्मनको द्वन्ध



अन्तर्मनको द्वन्ध​
-    शुभा देवी सापकोटा

सात घण्टा लामो यात्रामा थकित मुद्रामा बिराटनगर आइपुगेकी म अग्रिम बुकिङ्ग गरेको होटेलको त्यो बेडमा लम्पसार लड्न पुगेछु। दिनभरिको थकानले होला पेटमा मुसा दगुरे तापनि उठेर हातमुख धुन पनि जागर चलेको थिएन​। तैपनि मनमा एक किसिमको उमङ्ग छाएको थियो। मेरो स्कुल देखिको मिल्ने साथी रमेश पनि त्यहि दिन बिराटनगर आइपुगेको थियो विदेशबाट पढाई सकेर​। म मनमनै प्रफुलित थिए। मनमा रहेका अनेकौ उ प्रतिका भावना व्यक्त गर्न भनेर नै म केहि दिन अगाडि बिराटनगर आएकी थिए।
रमेशको बोली सुन्न​, उसलाई देख्न पाए म सबै थकान भुलेर भ​एपनि जानसक्ने तागत पैदा भएको थियो। अफसोच म संग​ उसको नेपालको नम्वर थिएन​। फोनको घन्टी बज्दा पनि उसैको आएछकी भनेर हतारिदै हेर्दै थिए।
एउटा नयाँ नम्वरबाट फोन आयो।
“हेलो,,,
“हेलो,,,, प्रिती होइन​??
“हजुर हो॥।“
मलाई त्यो बोलि परिचित लाग्यो। यो त रमेशको बोली हो त​॥।
म खुशीले गधगध भएकी थिए। त्यो मौसमे परिवर्तनले स्वर फरक भएपनि मैले सजिलै छुट्टाउन सकेकी थिए।
“रमेश!! ओहो तिमी सन्चै छौ? मैले सोधें
“अम्,,,, ठिकै छु।“
“अनि कहिले आयौ बिराटनगर?
“हिजो आइ पुगेको,
मलाई थाहा थियो उ हिजो आइपुगेको भनेर त्यसैले त म हतार हतार उसलाई भेट्न भनि दुई दिन अगाडीनै आएकी थिए अफिसबाट विदा लिएर​।
“प्रिती.... मेरो त भोली इन्गेजमेन्ट हुदै छ नि,
म सुन्य भ​एँ॥ कतै मैले अर्कै कुरा त सुनिन​?? एक छिन मौन रहें।
“भोलिनै कुरा फिक्स हुन्छ​। अनि साएद एक हफ्तामा बिहे”॥
म स्तव्ध भएँ।
“हस्,,,, कङ्रचुलेसन”...​, भनेर फोन काटें।
दिमागले केहि सोच्नै सकेन​। उसको बिहे भनेर खुसि हुनु कि उ टाढा भयो भनेर रुनु॥ मैले केहि बोल्न सकिन​। एकटकले आखाबाट बलिन्द्र आशुका धारा बग्न थाले। भोक प्यास सबै हराएको थियो। केहि सोच्नै सकिन​। के गर्ने के नगर्ने।
हाम्रो बिगतका ७-८ वर्ष देखि दिनहु कुरा हुन्थ्यो। हामी धनिस्ठ मित्र भन्द पनि माथिको रुपमा कुरा गर्थ्यौ। बेला बेलामा उसले जिस्काउने गर्थ्यो मलाई एति किन माया गरेकी पछि दुख पाउछौ। म हस्दै खै थाहा भएन आफै लाग्छ भन्थे। ज्ञान विवेकका कुरा देखि आत्मिय कुरा पनि हुने गर्थ्यो। मलाई उसको बानि परिसकेको थियो। सायद उसलाई पनि। एक दिन पनि उसको म्यासेज आएन भने मलाई औडहा हुन्थ्यो। हतार हतार आफै म्यासेज गर्थे। मेरो मनमा उसंगै आगामि दिन बिताउने रहर जागिसकेको थियो।
मलाई एक्कासि रिस उठेर आयो। मलाई पहिला नै बिहेको कुरा भनेको भ​ए सायेद म समालिन्थ्ये होला। अकस्मत यो खप्नै नसक्ने पिडा त हुदैन थियो होला।
रमेश प्रति मनमा अमिलो भावना जाग्यो ।
फेरि अर्को तिर लाग्छ​,,, उसको पनि त आफ्नै घेरा होला। उसलाई पनि त मलाई दुखि देख्न चाहेको पक्कै थिएन होला।
केहि बेर पछि फेरि त्यहि नम्बरबाट मेसेज आयो।
‘मलाई देखेर खुब रिस उठेको होला है?? सक्छौ भने मलाई माफ गर​॥‘
मलाई सरि शब्ध सुन्दै पनि रिस उठेको थियो...
सजिलै रिस नउठने म​....सच्चिनै मलाई रिस त उठेको थियो।
तर को देखि,,, रमेश देखि? भाग्य देखि?? ,,, या आफै देखि?
मैले त माया गरेकी थिएँ। माया त निस्छल​, निस्पक्ष र निश्वार्थ हुन्छ भन्थे॥ यसले त धन​, रूप​, उमेर​, वर्ण केही हेर्दैन भन्थे। सच्चैनै माया गरेकी थिए मैले। उसको खुशी चाहेकी थिए।
तर त्यती बलवान पनि म हुन सकेकी थिइन मलाई उसंग बिछोड हुने कल्पनामा पनि सोच्न सकेकी थिईन​।
त्यो रात मेरो लागि काल रात्रि बनेर आएको रहेछ​। आँखा रसाई मात्र रह्यो तर झकाउन सकेनन्। मनमा कहाली लाग्दो द्वन्द्ध चलि रह्यो॥

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...