Sunday, 11 June 2023

 के हो गिल्लान बर्रे सिंड्रोम (जीबीएस)?

मेरो जीवनभरि मैले मेरो बुबालाई बिमारीको कारण ओछ्यानमा लडेको कहिल्यै देखेको थिइनँ। उहाँ हाम्रो परिवारको आधार, स्तम्भ हुनुहुन्छ । ३८ वर्षको सेवा नेपाल सरकारलाई समर्पित गर्दै आउनुभएको छ र अवकाशपछि पनि आफ्नो अटल प्रतिबद्धतालाई निरन्तरता दिइरहनुभएको छ, विशेष गरी आफ्ना विद्यार्थीहरूप्रति। यद्यपि, जून २०२२ मा, सबै कुरा परिवर्तन भयो । जब उनलाई गिल्लान बर्रे सिंड्रोम (जीबीएस) को निदान भयो। एक चिकित्सा कर्मिको रूपमा, मलाई यस अवस्थाको बारेमा केही ज्ञान थियो, तर मैले यसको जटिलताहरूमा कहिल्यै गहिराइमा डुबेको थिइनँ, किनकि यो दुर्लभ रोगहरू मध्ये एक मानिन्छ। बुबा ओछ्यानमा असहाय भएर सुतेको देखेपछि यो कुरा एकाएक बदलियो।

जीबीएस के हो?

जीबीएस, एक दुर्लभ तर गम्भीर न्यूरोलोजिकल डिसअर्डर, विशेष गरी परिधीय स्नायुहरूलाई असर गर्दछ। यो तब उत्पन्न हुन्छ जब शरीरको प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै स्नायुहरूलाई आक्रमण गर्दछ, जसको परिणामस्वरूप मांसपेशीकमजोरी र सम्भावित पक्षाघात हुन्छ। यो कुनै पनि उमेरका मनिसमा हुनसक्छ​ र महिला वा पुरुष दुबैलाई समान रुपले असर गर्ने पाइएको छ। जीबीएसले प्रत्येक वर्ष एक लाखमा लगभग एक व्यक्तिलाई असर गर्ने अनुमान गरिएको छ।

कारणहरू के हुन्?

जीबीएसको सटीक कारण थाहा छैन। यो रोग सामान्यतया श्वासप्रश्वास वा पाचन प्रणालीमा संक्रमण भएको केही दिन वा हप्तापछि देखा पर्छ। विरलै, हालैको शल्यक्रिया वा खोपले, जिका भाइरसको संक्रमणपछि, वा कोभिड१९ भाइरसको संक्रमणपछि पनि हुनसक्छ ।

लक्षणहरू के हुनसक्छ?

·       हातका औंलाहरू, खुट्टाका औंलाहरू, घुँडाहरू वा कलाईहरूमा पिन वा सुईले खोपेको जस्तो हुनु

·       खुट्टामा कमजोरी हुनु जुन माथिल्लो शरीरमा फैलदै जानु

·       अस्थिर हिँडडुल वा हिँड्न वा सिँढी चढ्न असमर्थता

·       बोल्न, चबाउन वा निल्न लगायत अनुहारको चालमा कठिनाई

·       दोहोरो दृष्टि वा आँखा सार्न असमर्थता

·       तीव्र दुखाइ जुन दुखाइ, शूटिंग वा ऐंठन जस्तो महसुस हुन सक्छ रातमा खराब हुन सक्छ

·       तीव्र मुटुको धड्कन, न्यून वा उच्च रक्तचाप

·       सास फेर्न गाह्रो

कसरी उपचार र रोकथाम गर्न सकिन्छ​?

यो रोगबाट बच्ने कुनै निस्चित​ उपाय छैन वैज्ञानिकहरूलाई वास्तवमा प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रियालाई के ले उत्तेजित पार्दछ भनेर थाहा छैन। अधिकांश बिरामीहरू अस्पतालमा भर्ना हुन्छन् लक्षणयुक्त रूपमा उपचार गरिन्छ। एक प्रभावी उपचार प्लाज्माफेरेसिस हो । यो एक प्रक्रिया हो जसमा रगतको फिल्टरिंग गरिन्छ यसो गर्नाले रगतको प्लाज्माक्षतिका लागि जिम्मेवार एन्टिबडीबाट मुक्त हुन्छ अर्को उपचार प्रक्रिया हो - गामा ग्लोब्युलिनको इन्ट्राभेनस​ इंजेक्शन (IVIg)। सौभाग्यवश, जीबीएस भएका ७०% मानिसहरूले अन्ततः पूर्णरुपमा स्वास्थ्यलाभ अनुभव गर्छन्। अधिकांश बिरामीहरू एक वर्षभित्र पूर्ण रूपमा निको हुन्छन् भने तिनीहरूमध्ये केहीलाई बारम्बार वा पुरानो रोग लाग्न सक्छ। यद्यपि, सबै बिरामीहरूलाई गहन फिजियोथेरेपीको आवश्यकता पर्दछ। पर्याप्त पोषण, व्यायाम, पर्याप्त निद्रा, र साथीहरू, सहकर्मीहरू र परिवारका सदस्यहरूसँग सामाजिक अन्तरक्रिया उँहाहरूको उत्तम स्वास्थ्य प्रवर्धनको लागि धेरै महत्त्वपूर्ण छ।

मलाई पछुतो छ कि म मेरो बुवाको कठिन समयमा उहाँको वरिपरि हुन असमर्थ छु, यद्यपि उहाँ आफ्नै गतिमा सुधार भईरहेकोमा खुसी पनि छु। निरन्तर फिजियोथेरापी, मेरी आमाले बनाएको स्वादिष्ट पोषिलो खाना र परिवारको निरन्तर समर्थनले यो सम्भव भएको हो । म चाँडैनै नारायणी नदीको किनारमा उहाँसँगै हिँड्न चाहन्छु ।

 के हो दुर्लभ तर गम्भीर न्यूरोलोजिकल डिसअर्डर 'गिल्लान बर्रे सिन्ड्रोम'? - शुभादेवी सापकोटा :: Swasthya Khabarpatrika

No comments:

Post a Comment

Eyes that speak

There’s something in the way he stares, A silence caught in the air. Not words, not touch, yet still it speaks, A glance that lingers, soft ...