Monday, 27 September 2021

 नेपालमा नर्सिङ क्षेत्रको परिदृश्य​ तथा चुनौती

दिनको सुरुवातनै साथी-संगीनि बिचको भलाकुसारिबाट हुने दैनिकीनै बनिसकेको छ​। त्यसैले त हरेक दिनमा "नर्सिङ पढेको मान्छे तँ आइज के विदेश, किन नआएको?" भन्ने प्रश्न पटक पटक आउने गर्छ​।

नसिङ, स्वास्थ्य सेवाको क्षेत्रमा स्वास्थ्य सेवाग्राहिमा स्तरिय, सुनिस्चित र सुरक्षित सेवा दिलाउने क्षेत्र हो। विदेशमा यो पेशाको छुट्टै मानसम्मान छ​। साच्चै भनौ भने मेरो मनमा विदेश गएर यो पेशा अङ्गाल्ने सोच कहिलेपनि आएन​। अहिले आएर आखिर किन भन्ने प्रश्नले मनमा हलचल ल्याउछ​।

नर्सिङ भन्ने बितिकै फ्लोरेन्स नाइटिंगेल अर्थात सेवामा समर्पित पेशा। नर्सिङ पेशा नेपालमा बि सं २०१३ बाट सुरुवात भएको हो। सुरुवाति चरण देखि आजको दिनसम्म हेर्दा कुनै उल्लेख्य प्रगति भ​एको भने देखिदैन​। यसको मतलब यो होइन कि म मेरो पेशा प्रति सन्तुस्ट छैन​। स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै स्थान बनाउन सक्षम पेशा हो।

नसिङ सेवा मुलक पेशा हो। हो! आफ्नै आँखा अगाडि दिर्घरोगि पनि ठिक भ​एर घर फर्किदाको क्षण सम्झदा पनि मन प्रफुल्लित हुन्छ​। प्रविणता तह देखि विद्यावारिधि सम्माका बिभिन्न तह आफ्नै देशमा उत्पादन हुन्छन्। सरकारी, निजि अस्पताल​, कलेज​, स्कुल​, समुदाय सबैमा सेवा दिने पेशा हो यो। आफ्नै गाउघरको चामल खाई आफ्नै दिदी-बहिनी, दाजुभाई, आमाबुवालाई आफ्नै माटोमा सेवा दिनपाउनु पनि अहोभाग्य​ हो।

यसको बाबजुद पनि धेरै कुराले हाम्रो पेशा पछि परेको छ​। सधै मुस्कुराईरहने मुस्कानको पछाडि लुकेको व्यथा छुट्टै छन्। व्यावसायिकतामा आजसम्मपनि पछि परेको छ​। हरेक बर्स उत्पादन हुने नर्सको संख्या हेर्ने हो भने करिव ७५०० नर्सहरु हरेक वर्ष उत्पादन हुन्छन् । तर तेहि अनुपातमा खपत हुने कहाँ?? यो ठुलो प्रश्नचिन्ह खडा हुन्छ​॥ लोकसेवामा खुल्ने पदको संख्या न्युन​ छ​। स्नातक गरेकाको स्थिति दयानिय रहेको छ, स्नातकोतर र अझै विद्यावारिधि गर्नेको त कुरै छोडिदिउ​। स्पेसलाइजेसनको सर्टिफिकेट एउटा कागजमानै सिमित रहेको छ​। बिभिन्न देशमा जस्तै नर्स प्राक्टिसनर भनेर सुरुगर्न आजको आवश्यकता बनेको छ​। नर्स प्राक्टिसनर भनेको जुन कार्यक्षेत्रको विशिष्टता हुन्छ, त्यही कार्यक्षेत्रमा रहेर बिरामीको डायग्नोसिस गरी उपचार गर्ने, औषधि लेखिदिने र जटिल अवस्थामा चिकित्सकसमक्ष रिफर गरिदिने अधिकार प्राप्त​ भएको नर्स ।

"नर्सको व्यबहार किन एति छुच्चो?" यो सबै भन्दा बढि सोधिने प्रश्न बनेको छ आजकाल​॥ बिश्व स्वास्थ्य सङठन अनुसार टिचिङ अस्पतालमा १ जन नर्सले ३ जन बिरामी र जेनेरल अस्पतालम १ नर्सले ५ जना बिरामि को सेवा दिन पाउने छ​। अझै भन्दा गहन हेरचाह कक्षमा १-१ नर्स बिरामी अनुपात कायम गरिएको हुनपर्दछ​​। न सरकारि न निजि दूबैको स्थिति सर्वबिबिदै नै छ​। १०-१२लाख खर्च गरेर पढ्यो अनि तलव भने १० देखि १८ हजार रहेको छ​। एक त तलब कम अनि अर्कोतर्फ कार्यभार धेरै रहेको छ​। बिडम्बना त के छ भने स्नातकोत्तर गरेका नर्सले र प्रविणता गरेका नर्सले एउटै तहमा काम गर्नुपर्ने स्थिति रहेको छ​। यो हुनुको मुख्य कारण भनेकै कार्यविवरणको पारदर्शिता नहुनु हो भने स्नातक गरेपछिको कार्य दरबन्दी असाध्यै कम हुनु हो ​। स्नातकोत्तर गरेका नर्सको छुट्टै कथाव्यथा छन्। स्नातक भन्दा माथिको पढाईको लागि त बिकल्पनै न्यून छ।

चिकित्सा शिक्षा आयोग नर्सिङ क्षेत्रको गुणस्तर निधारण र निरीक्षणको लागिनै जन्मिएको हो यसमा दुई मत छैन​। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको १२४० जना बिएस्सी नर्सिङ विद्यार्थी पढ्ने सीट सन्ख्यामा करिव ४१% मात्र पास भएका छन्। बिएन​एसमा विद्यार्थी संख्यामा पनि कमिनै रहेको छ​। यसको प्रत्यक्ष प्रभाव निजी संस्थाहरुलाई परेको देखिन्छ​। अझै भनम निजी संस्थामा काम गर्ने नर्सिङ कर्मचारी, शिक्षकहरुको जागिरनै धराशायी बन्नपुगेको देखिन्छ​​। यदि निजि संस्थाहरु बन्द नै गराउने आशय हो भने रणनीति बनाएर खुल्ला रुपमा घोषणा गर्नुपर्दछ​। कुनै पनि निर्णय लिनु आगाव सबै पाटोको सुक्ष्म अवलोकन गरेर मात्र लिन पर्दछ​। कतै सिक्काको अर्को पाटो चपेटामा त परेको छैन​॥ तर​ स्तरियता नभएका सरकारीलाई सुधार्ने र निजी राम्रा कलेजलाई मापदण्ड अनुरुप राख्नु आजको आवश्यकता बनेको छ​। पक्कै पनि निजी क्षेत्रले स्वास्थ्यामा उल्लेख्य योगदान दिदै नै आएको छ​।

अन्तत​ जसरी नर्सिङ शिक्षाको सुरुवाति चरणमा विस्तारित भूमिकाहरु भनेर कितावमा सिमित रहेका 

छन त्यसलाई कार्यान्वयन हुन जरुरी रहेको छ​। जसरी बिभिन्न देशमा नर्सहरू अनुसन्धानकर्ता, नर्स 

 प्राक्टिसनर, टेली नर्सिङ, नर्स विश्लेषक, क्लिनिकल नर्स विशेषज्ञ जस्ता बिभिन्न बिधामा शिक्षाको 

 गुणस्तर मात्र नभएर शिक्षा अनुरुपको जिम्मेवारी साथै तलबमान प्रदान गरिएको छ त्यसरीनै राज्यबाट 

 सम्मान​जनक रोजगारीको सुनिश्चितता हुनुपर्ने आहिलेको नर्सिङ क्षेत्रको मुल आवश्यकता रहेको छ​ ​। 

तब मात्र नेपाली नर्सिङ क्षेत्रले नयाँ कोल्टो अवश्य​ फेर्दछ​।

https://swasthyakhabar.com/story/42609 

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...