नेपालमा नर्सिङ क्षेत्रको परिदृश्य तथा चुनौती
दिनको सुरुवातनै साथी-संगीनि बिचको भलाकुसारिबाट हुने दैनिकीनै बनिसकेको छ। त्यसैले त हरेक दिनमा "नर्सिङ पढेको मान्छे तँ आइज के विदेश, किन नआएको?" भन्ने प्रश्न पटक पटक आउने गर्छ।
नसिङ, स्वास्थ्य सेवाको क्षेत्रमा स्वास्थ्य सेवाग्राहिमा स्तरिय, सुनिस्चित र सुरक्षित सेवा दिलाउने क्षेत्र हो। विदेशमा यो पेशाको छुट्टै मानसम्मान छ। साच्चै भनौ भने मेरो मनमा विदेश गएर यो पेशा अङ्गाल्ने सोच कहिलेपनि आएन। अहिले आएर आखिर किन भन्ने प्रश्नले मनमा हलचल ल्याउछ।
नर्सिङ भन्ने बितिकै फ्लोरेन्स नाइटिंगेल अर्थात सेवामा समर्पित पेशा। नर्सिङ पेशा नेपालमा बि सं २०१३ बाट सुरुवात भएको हो। सुरुवाति चरण देखि आजको दिनसम्म हेर्दा कुनै उल्लेख्य प्रगति भएको भने देखिदैन। यसको मतलब यो होइन कि म मेरो पेशा प्रति सन्तुस्ट छैन। स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै स्थान बनाउन सक्षम पेशा हो।
नसिङ सेवा मुलक पेशा हो। हो! आफ्नै आँखा अगाडि दिर्घरोगि पनि ठिक भएर घर फर्किदाको क्षण सम्झदा पनि मन प्रफुल्लित हुन्छ। प्रविणता तह देखि विद्यावारिधि सम्माका बिभिन्न तह आफ्नै देशमा उत्पादन हुन्छन्। सरकारी, निजि अस्पताल, कलेज, स्कुल, समुदाय सबैमा सेवा दिने पेशा हो यो। आफ्नै गाउघरको चामल खाई आफ्नै दिदी-बहिनी, दाजुभाई, आमाबुवालाई आफ्नै माटोमा सेवा दिनपाउनु पनि अहोभाग्य हो।
यसको बाबजुद पनि धेरै कुराले हाम्रो पेशा पछि परेको छ। सधै मुस्कुराईरहने मुस्कानको पछाडि लुकेको व्यथा छुट्टै छन्। व्यावसायिकतामा आजसम्मपनि पछि परेको छ। हरेक बर्स उत्पादन हुने नर्सको संख्या हेर्ने हो भने करिव ७५०० नर्सहरु हरेक वर्ष उत्पादन हुन्छन् । तर तेहि अनुपातमा खपत हुने कहाँ?? यो ठुलो प्रश्नचिन्ह खडा हुन्छ॥ लोकसेवामा खुल्ने पदको संख्या न्युन छ। स्नातक गरेकाको स्थिति दयानिय रहेको छ, स्नातकोतर र अझै विद्यावारिधि गर्नेको त कुरै छोडिदिउ। स्पेसलाइजेसनको सर्टिफिकेट एउटा कागजमानै सिमित रहेको छ। बिभिन्न देशमा जस्तै नर्स प्राक्टिसनर भनेर सुरुगर्न आजको आवश्यकता बनेको छ। नर्स प्राक्टिसनर भनेको जुन कार्यक्षेत्रको विशिष्टता हुन्छ, त्यही कार्यक्षेत्रमा रहेर बिरामीको डायग्नोसिस गरी उपचार गर्ने, औषधि लेखिदिने र जटिल अवस्थामा चिकित्सकसमक्ष रिफर गरिदिने अधिकार प्राप्त भएको नर्स ।
"नर्सको व्यबहार किन एति छुच्चो?" यो सबै भन्दा बढि सोधिने प्रश्न बनेको छ आजकाल॥ बिश्व स्वास्थ्य सङठन अनुसार टिचिङ अस्पतालमा १ जन नर्सले ३ जन बिरामी र जेनेरल अस्पतालम १ नर्सले ५ जना बिरामि को सेवा दिन पाउने छ। अझै भन्दा गहन हेरचाह कक्षमा १-१ नर्स बिरामी अनुपात कायम गरिएको हुनपर्दछ। न सरकारि न निजि दूबैको स्थिति सर्वबिबिदै नै छ। १०-१२लाख खर्च गरेर पढ्यो अनि तलव भने १० देखि १८ हजार रहेको छ। एक त तलब कम अनि अर्कोतर्फ कार्यभार धेरै रहेको छ। बिडम्बना त के छ भने स्नातकोत्तर गरेका नर्सले र प्रविणता गरेका नर्सले एउटै तहमा काम गर्नुपर्ने स्थिति रहेको छ। यो हुनुको मुख्य कारण भनेकै कार्यविवरणको पारदर्शिता नहुनु हो भने स्नातक गरेपछिको कार्य दरबन्दी असाध्यै कम हुनु हो । स्नातकोत्तर गरेका नर्सको छुट्टै कथाव्यथा छन्। स्नातक भन्दा माथिको पढाईको लागि त बिकल्पनै न्यून छ।
चिकित्सा शिक्षा आयोग नर्सिङ क्षेत्रको गुणस्तर निधारण र निरीक्षणको लागिनै जन्मिएको हो यसमा दुई मत छैन। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको १२४० जना बिएस्सी नर्सिङ विद्यार्थी पढ्ने सीट सन्ख्यामा करिव ४१% मात्र पास भएका छन्। बिएनएसमा विद्यार्थी संख्यामा पनि कमिनै रहेको छ। यसको प्रत्यक्ष प्रभाव निजी संस्थाहरुलाई परेको देखिन्छ। अझै भनम निजी संस्थामा काम गर्ने नर्सिङ कर्मचारी, शिक्षकहरुको जागिरनै धराशायी बन्नपुगेको देखिन्छ। यदि निजि संस्थाहरु बन्द नै गराउने आशय हो भने रणनीति बनाएर खुल्ला रुपमा घोषणा गर्नुपर्दछ। कुनै पनि निर्णय लिनु आगाव सबै पाटोको सुक्ष्म अवलोकन गरेर मात्र लिन पर्दछ। कतै सिक्काको अर्को पाटो चपेटामा त परेको छैन॥ तर स्तरियता नभएका सरकारीलाई सुधार्ने र निजी राम्रा कलेजलाई मापदण्ड अनुरुप राख्नु आजको आवश्यकता बनेको छ। पक्कै पनि निजी क्षेत्रले स्वास्थ्यामा उल्लेख्य योगदान दिदै नै आएको छ।
अन्तत जसरी नर्सिङ शिक्षाको सुरुवाति चरणमा विस्तारित भूमिकाहरु भनेर कितावमा सिमित रहेका
छन त्यसलाई कार्यान्वयन हुन जरुरी रहेको छ। जसरी बिभिन्न देशमा नर्सहरू अनुसन्धानकर्ता, नर्स
प्राक्टिसनर, टेली नर्सिङ, नर्स विश्लेषक, क्लिनिकल नर्स विशेषज्ञ जस्ता बिभिन्न बिधामा शिक्षाको
गुणस्तर मात्र नभएर शिक्षा अनुरुपको जिम्मेवारी साथै तलबमान प्रदान गरिएको छ त्यसरीनै राज्यबाट
सम्मानजनक रोजगारीको सुनिश्चितता हुनुपर्ने आहिलेको नर्सिङ क्षेत्रको मुल आवश्यकता रहेको छ ।
तब मात्र नेपाली नर्सिङ क्षेत्रले नयाँ कोल्टो अवश्य फेर्दछ।
https://swasthyakhabar.com/story/42609
No comments:
Post a Comment