Monday, 3 May 2021

नसोध मलाई

 

नसोध मलाई

नसोध मलाई तिमीलाई कस्तो छ​

न भोक​, न प्यास, न निन्द्राको 

न पिडा, न भत्ता, न तनखाको ll

नसोध एक्लै एति धेरै गम्भिर​ बिरामीलाई

कसरी ख्याल राख्छौ ?

न नियुक्ति, न पदोन्नति. न स्वशासनको ll

ओह​!! करार कहिले जाने ?

त्यो त झन सोद्धै नसोध​

न म कुनै वरिष्ठ​, न म भगवान​

म त केवल त्यहि नर्स​ ll

खटि रहनेछु

डटि रहनेछु

लडि रहनेछु

मुस्कुराईनै रहनेछु

©शुभा

No comments:

Post a Comment

Love and Belief

The purpose of love is not only to love and receive love in return, but to believe in each other. When we struggle to believe in our own str...