Saturday, 5 May 2018

शिघ्र स्वास्थ्य लाभको कामना


शिघ्र स्वास्थ्य लाभको कामना डा. देवकोटा

विगतका केहि बर्ष देखि हामी नेपालीको बिहान आँखा खोल्न सहयोग गर्ने सायद फेसबुक र टुइटर नै होला । त्यस्तै मेरो पनि प्यारो फेसबुक र टुइटर नै बनेको छ । आजकाल फेसबुकमा साथिभाईको म्यासेज र कमेन्ट हेर्यो मुसुक्क हस्यो। त्यस्तै टुइटरमा राजनैतिक चर्चा परिचर्चा बुझ्न खोज्यो मा नै बिहानी बितेको छ​।

तर आज अलि व्यग्लै महसुस भएको छ मलाई। कवि सिरोमणि लेखनाथ पौडेलले कालमहिमामा प्रस्तुत गर्नुभएको दुई हरफको एक्कासि याद आयो..

"आयो टप्प टिप्यो, लगयो, मिति पुगयो टारेर टर्दैन त्यो
लाखौ औषधी अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो"

हाम्रा प्यारा नेपाललाई अन्तराष्ट्रिय प्रतिष्ठा दिलाउने अग्रणी न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको त्यो समचारले मलाई लगाएत देश विदेशमा रहनु भ​एका सम्पुर्ण नेपालीको मन पक्कै दुखेको होला।
मलाई अझै पनि स्मरण छ करिव आठ वर्ष पहिले हामी उँहाले सन्चालन गर्नुभएको बाँसबारी स्थित न्युरो  हस्पिटलमा करिव ३ महिना काम गर्ने मौका पाएका थियौ।

न्युरो  हस्पिटलमा जाने भन्ने बितिक्कै मैले यो खबर मेरो बुवालाई सुनाए। उहा खुसि हुनुहुन्थ्यो।  डा देवकोटा वरिश्ठ डाक्टर मात्र नभएर बुवाको अमरज्योति हाइस्कुल​, लुइँटेल​, गोरखाका बाल्यसखा पनि हुनुहुन्थ्यो।

मैले सानै देखि डा देवकोटा, डा बाबुराम भट्टराई तथा अन्य सहपाठिहरुको प्रतिभाको बारेमा सुन्दै आएको थिए।

राति बुवाले मलाई फोनमा "छोरी उपेन्द्रसंग धेरै शिक्षा हासिल गर्नु है" पनि भन्नु भयो।

मैले "हव्श्​" भन्दै मेरो नयुरो पोस्टिङको तयारीमा लागें।

करिव तिन महिनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएपनि मैले धेरै ज्ञान न्युरोलोजीमा हासिल गर्न पाएकोमा भाग्यमानी ठान्दछु।

त्यहा हरेक उमेरका अन्यन्त जटिल विरामीहरु हामीले देख्न पायौ। लाग्थ्यो अब कुनै आशा छैन बाच्ने। तर हामी सबैको आशा बनेर डा. देवकोटा उभिनु हुन्थ्यो। प्राण रक्क्षक बनेर नै आउनु हुन्थ्यो।
धेरै समय लागे पनि बिरामी निको भ​एर हस्पिटलबाट घर फर्केको देख्दा साच्चै चमत्कार पनि हुदो रहेछ जस्तो आभाष हुन्थ्यो।

उहाको कठोर परिश्रम र द्रृढ इच्छाशक्तिले नै सबै सम्भव भ​एको हो।

मैले व्यक्तिगत रूपमा चिनेका न्युरो सम्बन्धि समस्या भएकालाई बाँसबारीनै जानुहै पनि भन्ने गरेको छु। उहाँहरु निको भ​एर पनि आउनुभएकै छ​।

केहि महिना अगाडि पनि डा. देवकोटा विरामि हुनुहुन्छ रे भन्ने सुनियो। सुन्दै धेरै नराम्रो लागेको थियो। तर उपचार हुदैछ​। स्वाश्यमा सुधार हुदैछ​। गम्भिर केहि छैन भनेको सुन्दा मनमा राहत मिलेको थियो।

तर आज यो समाचारले मन भावविभोर भ​एको छ​।

पक्कै पनि जिवन भनेको संघर्ष हो। कहिले सानाठुला कठिनाई संग जुध्न पर्छ त कहिले मृत्यु संग।
उहाँले नेपाल र नेपाली जनताका लागि ठुलो योगदान दिनुभएको छ​। चिकित्सा सास्त्रको सम्वृद्धि र उत्थानका लागि ठुलो भुमिका खेल्नु भएको छ​।

डा. देवकोटा अहिले न्युरो हस्पिटल बाँसबारीमा उपचारार्थ भर्ती हुनुहुन्छ, हस्पिटलको होप खण्डमा। उहाँको शिघ्र स्वाश्य लाभको कामना गर्दछौ। देशलाई उहाँजस्तो विलक्षण प्रतिभाको अझै खाँचो छ​। जसरी बिरामीको जिवनमा चमत्कार गर्नुहुन्थ्यो भगवानले पनि उहाँको लागि त्यस्तै चमत्कार गरुन्।

हाम्रो यहि कामना छ​।
 
https://swasthyakhabar.com/story/23920 


No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...