Friday, 29 June 2018

म भित्रको म​


म भित्रको म​

ॐ भुर ​ भुर्भुवस्व्ह....   एक्कासी अलर्म बझछ​। आखाँ मिच्दै मोबाइल हेरें। बिहानको ५.३० बझेछ​। मलाई अल्रामको आवाज कहिले पनि सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ​। धेरै पटक टेवल वाचको अवस्था अस्तव्यस्त गरेको हुनाले भाइले गायत्री मन्त्र राखेको हो।बिहानै धर्मिक भ​एर उठ्दा पाप र धर्मको तुलामा अलिकति भ​एपनि धर्मको पल्ला भारि हुन्छकी भन्ने सोचेर केहि गरिन​। शुक्रवारको बिहानी मन प्रफुलित थियो भोलि त शनिवार भन्ने एकमात्र खुसीको बहाना थियो। आँखा मिच्दै म बाथ्रुम तिर लागे। बिहानको कलेज भ​एको कारण आमाले ब्रेकफास्ट कोठामानै  ल्याइदिनु भ​एको रहेछ​।
एक गासमै दुध र केक सकेर म आफ्नो नयाँ स्कुटर निकाले। केहि महिना मात्र भ​एको हो मैले लाइसेन्श निकालेको पनि। टिलिक्क परेको पहेलो रंगको डियोमा चढ्दा आफैमा अलि परिपक्क भएको आभाष हुन्छ​।एक्कासी आखा नाडीमा बाधेको पुरानो आमाको घडिमा पर्यो। ओहो!! साढे छ बझेछ​।
म हतार हतार आफनो बाटो लागें।
त्यो दिन मलाई कलेज जानै मन लागेन​। बाटोबाटै फर्किए। घरमा आउने बित्तिकै आमाको अङ्गालोमा हाम फाल्दै न्यानो स्पर्शको महसुश गरे। मलाई अचम्म लाग्यो कलेज छाडेर घर आउदा पनि आमाले केहि भुन्नु भएन बरु मुसुक्क मुस्कुराउदै आफ्नो काम गर्न लाग्नु भयो।
मलाई आज धेरै रमाईलो गर्न मन लागेको छ​। एउटा लिस्ट बनाउन थाले। फुल भलुममा गीत घन्काउदै नाच्दै म के के सोच्न थाले।
आज बजार जाने कि???,  
हैन... सौराहा घुम्न आमासंग जानेकि ??,  
ओहो!! भोलि पनि त बिदा छ बरु एक दिनको लागि कतै नया ठाउँमा घुम्न पर्ला सोच्दै थिए आमा आइ पुग्नुभयो मेरो कोठामा।
म खुसि हुदै मैले बनाएको प्लानको बेलिबिस्तार सुनाउदा त्यो मन्द मुस्कन अझै कायमनै थियो मुहारमा। मेरो टेबुलमा राखेको त्यो सानो मेरो तस्बिर हेरेर पुछ्दै एकछिन टोलाउदै निस्कनुभयो।
म एकछिन के भ​एछ उहाँलाई मुस्कन मात्र दिनुहुन्छ सोचे। मेरो प्लानको केहि प्रतिक्रिया पनि दिनुभएन​। म पछि पछि लागे। जहा गयो त्यहि पच्छाएँ। आमाको सारिको फेरो समाएँ। नजिकै गएर मुई खाएँ। म कलेज नग​एकोले रिसाउनु भ​एको हो कि सन्का पनि लाग्यो।  त्यसैले उहाँसङ्ग माफि पनि मागे। आजदेखि अब कहिले त्यस्तो नगर्ने र सधै उहाँले भनेको मान्ने कसम पनि खाएँ। उहाँलाई जिस्काउन र हसाउन अनेक प्रयास गरिरहें। मन्द मुस्कन रहिरहेको थियो तर म प्रति केहि प्रतिक्रियानै जनाउनु भ​एन​।
अब मेरो एउटा मात्र बिकल्प रह्यो। आज आमालाइ मिठ्ठो खाना बनाएर खुवाउने। सायद यति मिहिनेत र धैर्यताको साथ मैले केहि पनि काम अहिले सम्म पनि गरेको छैन होला। भात​, दाल​, च्याउको तरकारी, करेला र आलुको तिल राखेको अचार, अनि सलाद​। देख्दा मात्र होइन वास्ना पनि मन लोभ्याउने आएको छ​। मिहिनेत मात्र नभएर भरपुर माया पनि यसमा मिसाएर बनाएकोले होला। डाइनिङ टेबल राम्रोसङ सजाएर अब आमालाई बोलाउन बैठकोठामा लागें।
उहाँलाई कहि देखिन​। बाहिर बगैचामा हुनुहुन्छकी भनेर निस्किन लाग्दा उहाँको मोबाइलमा फोन आयो। बझिरह्यो तर उठाइन​। फेरि अर्को घन्टी आयो तैपनि आमालाई खोजें तर उठाइन​। अब त भ​एन उठौछु भनेर अर्को घन्टीमा उठाएँ।
फोन उठाएको मात्र​ के थिए म स्तब्ध भएँ। मेरो बोलिनै निस्किएन​। एक छिन पछि हातबाट मोबाइल खसेको अत्तोपत्तो नै भ​एन​॥॥।
हेलो.... हेलो.....
जीवाको आमा बोल्नु भ​एको हो??
म राहुल सर​,,, भरतपुर हपिटलबाट बोल्दै छु॥
आज बिहान विपरित दिशाबाट द्रुत गतिमा आएको ट्रकले नानीको स्कुटरमा ठक्कर दिएछ​।
तर फेरि ब्याक गरेर फेरि हानेछ​।
अन द स्पोर्ट​ नै......II.......

No comments:

Post a Comment

Love and Belief

The purpose of love is not only to love and receive love in return, but to believe in each other. When we struggle to believe in our own str...