Wednesday, 8 August 2018

कठपुतली


कठपुतली

आमाशयमा रहँदा देखिनै जीवनको छनोट हुन्छ
साल जोड्ने नालरुपि धागो चुडिने वित्तिकै
जीन्दगिको बाटो तय हुन्छ
बाहिर निस्कन्छु रंगिविरंगी संसार देख्छु
मन मोहक हुदै त्यहि आकर्सित हुन्छु
फेरि अनौठो बन्धनले बाँधिदिन्छ
आफ्नै सेरोफेरोमा नै धकेलिन्छु
जिन्दगीका पाइला बड्दै जान्छन्
नयाँ परिवेश परिवर्तनमा रुमलिन्छु
प्रफुलित हुँदै गन्तव्य तिर लम्किन्छु
फेरि एक्कासि ठुलो झट्काले तानिदिन्छ
मान मर्यादाको झुठो जलपले ढकमक्क समाझ
मनमा उब्जेका रहर आकङ्क्षा चकनाचुर पारिदिन्छ
चटकिले देखाएको बित्थैको नाच नाच्न बाध्य हुन्छु
कुँडिएको मन तर खिस्स अमिलो हाँसो हास्न विवश हुन्छु
कठपुतली जो हु
आफ्नो इच्छा आकंक्षा भुलेर

फेरि अर्को खेल खेल्न लाचार बनाइदिन्छ

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...