Tuesday, 25 April 2017

बिजुली तिम्रो याद मा



बिजुली तिम्रो याद मा

तिम्रो पर्खाइमा बीजुली
कती दिन कती रात बित्यो
कुर्दकुर्दै आधी जीवन
तिम्रै नाम कल्पेर बित्यो

आह कती उज्यालो थीयो तिम्रो मुहार
झलझली बलेको सुर्यको किरणझै
हो कती न्यानो थीयो त्यो उपस्थिती
बाल्यकाल्मा आमाको काखमा रमाएझै

कस्तो कठोर मन रहेछ तिम्रो
हल्ला सुनीयो तिमी त अर्काकी भयौ रे
सधैं भरी साथ दिने प्रण त गरेकी थीयौ तिमीले
अचानकै चटक्कै नाता तोडेर गयाै रे

अझै झीनो आशमा दिनरात कुरेको छु
तिम्रै यादमा कल्पीकल्पी बसेको छु बिजुली
अब त मायाको घडा पनि फुट्ने बेला भयो
आश मात्र होइन तिम्रो साथको पर्खाइमा छु बिजुली 

शुभा देवी सापकोटा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...