Wednesday, 14 February 2024

प्रेम के हो?

समयको चक्रमा जहाँ

ससाना पलहरु रमेका हुन्छन्

त्यहि प्रेमको कथा लेखिएको हुन्छ​

नदेखिएको नभनेको प्रेमको कथा

कुनै पनि पात्रो तथा समयले

प्रेमको भवनालाई निर्देशित गर्दैन​

किनकि प्रेमको कुनै शिमा हुँदैन 

न  कुनै निस्चित​ दिन

यो निश्चल, निर्मल निरन्तर रहिरहन्छ​

के नदिले समुन्द्र भेट्न​ कुनै समय निर्दरिता गरेको हुन्छ र​?

कि सुर्यलेआफ्नो उज्ज्यालो छर्न कुनै तिथिनै तोकेको?

जसरी धरती आकास परा क्षितिजमा भेट्न​ लागिपरेक हुन्छन्

त्यस्तै प्रेमको यात्रापनि अनिश्चित, निरंतर, आटल

त्यसैले प्रेमको कुनै निर्धारित दिन छैन

बध्नको लागी कुनै बाधा छैन

यो हृदयेको नृत्य हो, सदाको लागि गाँसिएको

प्रेम, एक उत्कृष्ट कृति हो, सदाको लागि पूर्ण।

- शुभा

 

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...