Wednesday, 14 February 2024

प्रेम के हो?

समयको चक्रमा जहाँ

ससाना पलहरु रमेका हुन्छन्

त्यहि प्रेमको कथा लेखिएको हुन्छ​

नदेखिएको नभनेको प्रेमको कथा

कुनै पनि पात्रो तथा समयले

प्रेमको भवनालाई निर्देशित गर्दैन​

किनकि प्रेमको कुनै शिमा हुँदैन 

न ​त कुनै निस्चित​ दिन​

यो त निश्चल, निर्मल र निरन्तर रहिरहन्छ​

के नदिले समुन्द्र भेट्न​ कुनै समय निर्दरिता गरेको हुन्छ र​?

कि सुर्यलेआफ्नो उज्ज्यालो छर्न कुनै तिथिनै तोकेको?

जसरी धरती र आकास परा क्षितिजमा भेट्न​ लागिपरेक हुन्छन्

त्यस्तै प्रेमको यात्रापनि अनिश्चित, निरंतर, र आटल​

त्यसैले प्रेमको कुनै निर्धारित दिन छैन​

बध्नको लागी कुनै बाधा छैन​

यो त हृदयेको नृत्य हो, सदाको लागि गाँसिएको

प्रेम, एक उत्कृष्ट कृति हो, सदाको लागि पूर्ण।

- शुभा

 

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...