Sunday, 19 November 2023

साथि

 तिमी आउछौ मनका कुरा सुनाउछौ

तिम्रो खुशिमा उ पनि रमाउछ​

तिम्रो वेदनाले उसलाई पनि सताउछ​

तर कहिले साथिलाई कस्तो छ बुझेर त हेर​

सुखमा त सबै साथ हुन्छन्

कहिले दुखमा साथ दिएर त हेर​

प्रश्न लिएर त सबै आउछन्

कहिले उसको सुन्नेतामा साथ दिएर त हेर​

उसका ति रसाएका आँखा

आशु लुकाउने ति कुन्ठिएका मुस्कान​

कहिले मुटुमा ढुङ्गा राखेर हाँसेका ति

मुस्कान लाई बुझेर त हेर​

सन्सारलाई देखाउने भन्दा आफुमा लुकाउने ति

आन्तरमुखि उनका भावनालाई

कहिने शिर राख्न काध दिएर त हेर​

सधै अरुको लागि खट्ने ति दयालु मनलाई

कहिले उनको लागि उनिनै बनि बुझेर त हेर​

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...