Sunday, 19 November 2023

साथि

 तिमी आउछौ मनका कुरा सुनाउछौ

तिम्रो खुशिमा पनि रमाउछ

तिम्रो वेदनाले उसलाई पनि सताउछ

तर कहिले साथिलाई कस्तो बुझेर हेर

सुखमा सबै साथ हुन्छन्

कहिले दुखमा साथ दिएर हेर

प्रश्न लिएर सबै आउछन्

कहिले उसको सुन्नेतामा साथ दिएर हेर

उसका ति रसाएका आँखा

आशु लुकाउने ति कुन्ठिएका मुस्कान

कहिले मुटुमा ढुङ्गा राखेर हाँसेका ति

मुस्कान लाई बुझेर हेर

सन्सारलाई देखाउने भन्दा आफुमा लुकाउने ति

आन्तरमुखि उनका भावनालाई

कहिने शिर राख्न काध दिएर हेर

सधै अरुको लागि खट्ने ति दयालु मनलाई

कहिले उनको लागि उनिनै बनि बुझेर हेर

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...