Tuesday, 8 September 2020

यो हो टुईटर दुनिया

  यो हो टुईटर दुनिया

मनको भडास निकाल्न सार्कास्टिक बन्ने

यो हो गजबको दुनिया

नयाँ समाचार हेरेको छैन भने

चुरोकुरो बुझ्न लाग्छ धेरै बेर

आउ प्रबेश गर विश्वको जानकार हुन

अब नगर धेरै अबेर

फलो फलोव्याकको खेल

चल्छ हर शुक्रवार

लाइमलाईटमा चम्कन

कसैको प्रतिभाको आढ कसैका गफ वेकार

बौद्धिक व्यक्तित्व देखि बहुलिङ्गि भेटिने

अरिङ्गाल देखि स्याल सम्म पाइने

यो हो विलक्षणको दुनिया

सहयोग माग्नुस आफ्ना देखि पराया सबै

तत्पर हुने यो हो सहयोगि दुनिया

च्यालेन्जको नाममा फेसबुक इन्स्टालाई माथ दिने

यो हो रमाईलो दुनिया

आउनुस मनका पाप​, घ्रिणा सबै पखालौं

मनका कुन्ठा यहि विसर्जन गरौं

यो हो टुइटर दुनिया

यो हो टुइटर दुनिया

© शुभा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...