Saturday, 29 July 2017

पैसा तेरो लिला




पैसा तेरो लिला
 
पैसा तँ धातुमा सबै तिर छ मोलतोल​
तँमाथि सबैको चाहना छ अनमोल​
तेरो चर्चा परिचर्चा छ सबै तिर ब्यापक
सबै तेरा शरणमा छन्, सबै तेरा साधक​
बिगारिस कतिको मति, लीइस धेरैको ज्यान​
छुटाइस कतिको साथ​, टुटाईस धेरैको ध्यान​
छुटाइस आमाको काख र ममता
टुङ्ग्याइस माया, प्रेम र इमान्दारिता
तेरो कारणले कतिको इज्जत लुटिए
तेरै लागि कतिको यौवन ढल्यो, कति कुटिए
तेरो साथले मान्छे इच्छाएका गाडी गुडाऊँछन्
तेरो साथ छैन भने भोक निद्रा उडाउँछन्
कस्तो रोग दिइस तैले कुनै औषधि नहुने
कस्तो लोभ दिइस बैंकको खाता भरिए पनि मनको घडा नभरिने
औगुठेछापलाई तैले नै विध्वान बनाइस​
सरस्वतीका भक्तलाई औगुठेछाप जनाइस्
कसले गरायो जन्म तेरो सबैलाई दाश बनाउने
यो युग तैले आफैलाई भगवान तुल्याइस्


-   -           शुभा देवी सापकोटा




8 comments:

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...