झ्यालको छेउमा
गुम्सिएको साँझ,
फूलको छायाँ,
सुनसान आवाज।
गोधुली साझ,
त्यो निलो आकाश
झुल्किएको उज्यालो
सपनी झैँ विशाल ।
सानो बत्ति
टाढा टिमटिमाउँछ,
मौनतामै गीत
मधुर गुनगुनाउँछ।।
शान्ति र एकान्तको
मीठो मेला,
झ्यालबाट हेर्दै
प्रकृतिको खेला।।
A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...
No comments:
Post a Comment