Wednesday, 5 June 2024

सायद

एकटकले जुन हेरिरहन्छु

टोलाई रहन्छु

तिमीलाई सम्झिन्छु

तिम्रो न्यानो साथ​

त्यो कोमल स्पर्श​

महसुश गरिरहन्छु

यहि एउटा जुन नै त छ​

हामी टाढा भएपनि

सङ्गै भएको महसुश गराउने

सायद तिमीलाइ पनि

मेरो याद आउछ होला

सायद तिमीले पनि मेरो स्पर्श​

महसुस गर्छौ होला

यहि आशामा बित्दै छ जिन्दगी

यहि आशामा

No comments:

Post a Comment

For Dad

  The one who burst with pride when I was born, Fully prepared, steadfast, and strong. Though you knew how fragile a child could be, You bec...