Saturday, 22 April 2017

नजन्मिएको सपना




नजन्मिएको सपना
आमा
एता हेर न
म यहाँ छु तिम्रो गर्भाशयमा
महसुश गर त​
म खुसि छु
तिम्रो न्यानोपनले मलाई अंगालेको छ​
तर किन तिमि दुःखी देखिन्छौ
म छु नि तिम्रो साथ दिने सधै
आमा आज हामी कँहा आएको
यँहा त सबै सेतो लुगा लगाएका छन्
घाँटीमा एउटा माला पनि छ​
मलाई स्पर्श गर्दै छन्
किन आमा?
लौन किन हो? मलाई दुख्न थालेको
म तिम्रो प्राण प्यारी हैन र ?
यिनीहरुले मलाई के गर्न थालेका छन्
हेर न
हुँ.. हुँ… हुँ…
तिमिले त मलाई आफुबाट अलग गर्न पो थालिछौ
दुख्यो आमा धेरै नै
मेरो त सधै तिमिलाई साथ दिने चाहना थियो
तिम्रै आदर्श पथमा अघि बड्ने कल्पना थियो
अनायासै मलाई माया मार्यौ
म त तिम्री अभिन्न अंग​
तिम्री मायाकी मुर्ति  
छोरी थिएँ

-    शुभा देवी सापकोटा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...