Saturday, 22 April 2017

नजन्मिएको सपना




नजन्मिएको सपना
आमा
एता हेर
यहाँ छु तिम्रो गर्भाशयमा
महसुश गर
खुसि छु
तिम्रो न्यानोपनले मलाई अंगालेको
तर किन तिमि दुःखी देखिन्छौ
छु नि तिम्रो साथ दिने सधै
आमा आज हामी कँहा आएको
यँहा सबै सेतो लुगा लगाएका छन्
घाँटीमा एउटा माला पनि
मलाई स्पर्श गर्दै छन्
किन आमा?
लौन किन हो? मलाई दुख्न थालेको
तिम्रो प्राण प्यारी हैन ?
यिनीहरुले मलाई के गर्न थालेका छन्
हेर
हुँ.. हुँ हुँ
तिमिले मलाई आफुबाट अलग गर्न पो थालिछौ
दुख्यो आमा धेरै नै
मेरो सधै तिमिलाई साथ दिने चाहना थियो
तिम्रै आदर्श पथमा अघि बड्ने कल्पना थियो
अनायासै मलाई माया मार्यौ
तिम्री अभिन्न अंग
तिम्री मायाकी मुर्ति  
छोरी थिएँ

-    शुभा देवी सापकोटा

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...