Thursday, 20 April 2017

त्यो प्रश्नले भरिएको दिन



त्यो प्रश्नले भरिएको दिन

आज कुरा गर्ने क्रममा साथीले एउटा लेख पढ् त सेतोपटिमा आऐको छ भनेर भायीबरमा म्याशेज आयो के रहेछ त भनेर अफिसको काम सकेर मोबाईल खोलेर पढ्दै गए । त्यो पुरूषोत्तम अधिकारीजी को ती भर्खर जन्मिएकी छोरी..” लेखले म बिएसी पढ्दाको म्यटेर्निटी वाडको पोस्टिङ को याद दीलायो ।

आज भन्दा कारिब ८ बर्ष पहीला पनि एस्तै घटना भएको थीयो अझै पनि छोरीको जन्मलाई किन एस्तो मनिन्छ भनेर आफैमा प्रश्न गर्न थाले ।
सधैझै प्रसुती ग्रीहमा प्रसब ब्यथाले आउने सन्ख्या तेस दिन पनि धेरैनै थीयो । मेरो डीउटी डेलिभरी रूम मा परेकोले हतार हतार लुगा फेरेर साथीसँग हन्ड्वोभर लिन लागे ।  बिहानि डीउटी थीयो त्यसमाथि पनि प्रसुती वार्डमा सबै काम हामीले नै गर्न पर्ने भएर चनाखो र सधै लगन्सिल भएर लागिन्थ्यो ।
त्यस दिन पनि धेरै डेलिभरी भए । सबैजना हाम्रो समुहको साथीहरु मिलेर नै काम गरीयो ।
रीता दिदी मलाई भन्दै हुनुहुन्थ्यो " जाउ त बाहीर गएर बच्चाको लुगा र आमालाई तातो दुध र बिस्कुइत ल्याउन भन त" ।
म हतार हतार गरेर बाहिर कुरेर बस्नुभएको कुरुवसँग समान मगाँए । फेरी आफ्नो काम म हतारिदै अएपुज्ञे । सबै जना आफ्नो आफ्नो काम्मा ब्यस्त थीयौ । कसैलाई केहि अपत परे सबै सहयोग गर्न हर्पल तत्पर पनि थेयौ । कहेलरी आम कहेलरी बच्चाको रेखादेख्मा लागि रहेक थीयौ ।
बिहान को ११ बझेको थीयो । " सिस्टर सिस्टर बेड रेअडी गर्नु है नयाँ प्यासीएन्ट आउँदै छ" भनेर खबर पायीयो । हामी पनि रेडी थीयौ । व्हील्चीएरमा एक जना दिदिलाई प्रसब ब्यथामा ऐया ऐया गर्दै हुनुहुन्थ्यो । हामी हतार गरेर बेडमा राख्यौ र सर्सर्ती जाच गर्यौ । दिदिको नाम रमिला महत रहेछ । ३० बर्ष मात्र हुनुभएको रहेछ । घरमा ३ जना छोरी रहेछन् । छोरीको कुरा गर्दानै दिदी तेती खुशी देखिनुभएको थिएन । तेयो देख्दानै मेरो मन अ्मीलो भयो ।
दिदिलाई ब्यथा लग्न थलेको थीयो । हामी साथ दिदै थीयौ । डेलाईभरी लिने म नै थीए ।
चौथो बच्चा भएकोले धेरै समय लगेन । बाटुलो अनुहार भएकी पुक्क परेकी छोरीलाई आमाको छातिमा राखिदिऐँ । कतै बाट "छी" भन्ने शब्द मेरो कानमा पर्‍यो । कस्ले भनेछ भनेर दाँया बाँया हेर्न थालेँ । साथी मलाई हेर्दै थीयी र रमिला दिदीलाई पनि हेर्दै थीयी । दिदिको अनुहार अशिना र पानी हावाहुरी आउने बेलाको कालो बदल मडारिदै आएको जस्तो कालो नीलो रातो देखियो । मेरो मनमा चिसो पस्यो ।
हामी दुबै दिदिलाई अनेक नारीहरुको गाथा सुनाउँदै थियौ । हामी पनि छोरीनै हो नि हेर्नुस त सबै कम हामीले नै गरेका छौँ, आफ्नो खुट्टामा आफै उभिदै छौँ भन्दै सम्झायौ । दिदी भने छिछी दुर्दुर गर्दै हुनुहुन्थ्यो । हामी अझै पनि सम्झौदै थीयौ ।
एक्छिन पछी को कुरा हो,,,, रमिला दिदिले मलाई खुसुक्क बोलाउनु भयो " सिस्टर यहाँ आउनु त" ।
म नजिकै गए ।
मलाई नजिकै बोलएर कानमा " सिस्टर यहाँ बच्चा सट्न पाएिन्छ  हो ? " यो शब्द सुन्ने बित्तिकै मेरो होसनै हरायो । कहिले पनि नारीसाउने म एक्कासि रिसको पारो डबल भयो । मेरो कान राता राता भएर आएछन् । भाउन्निदै साथी नजिकै पुगेछु पत्तो नै भएन ।" ओइ तलाई के भयो ? सन्चो भएन हो ?" साथीले घचघचाउदै सोधेपछी मात्र मेरो होस आएछ । साथीलाई त्यो शब्द सुनाएर म छोरी बोकेर हिड्एँ रमिला दिदिको बेड नजिकै ।
"दिदी हजुरलाई यी नानी नचाहिने रहेछ है म लीएर जान्छु मेरो घर ।" साथी मलाई वल्ल परेर एकटकले हेरीरहेकी थीयी,, म नानी लीएर एस्सो हिंड्न के लागेको थिएँ दिदी एक्कासी भक्कानो छोडेर रुनथल्नु भयो । "सिस्टर मलाई अब पनि छोरी जन्मियो भने घर नआऊनु भनेका छन् परीवारले भन्दै रुन थल्नु भयो । मेरो बाबा मलाई दिनुहोस भन्दै नानीलाई आङलोमा राखेर मुई खानुभयो । "मलाई माया कहाँ नलग्ने हो र" भन्दै आशुका बलिन्द्र धारा खसाल्नु भयो ।
हामी २ जनाको आँखा रसएर आयो । एक्कारी आशुका धारा खसे ।
मनलाई समहल्दै दिदिलाई सम्झायौ । घर परिवरको मान्छेलाई पनि राम्रोसँग सम्झायौ ।
डीउटी सकेर घर आउँदा त्यस छेण झाल्झाल्ती आँखा वरिपरी घुमेरहेयो । केहि खान पनि मन लागेन । सोचेरहे किन छोरीलाई यस्तो मनिन्छ । म पनि छोरी नै हु । आमालाई त आफ्नो सन्तान जे भएपनी माया हुदोरहेछ । यो समाजले पो सबै खेल खेलेको रहेछ ।
अझै पनि हाम्रो समाजमा किन एस्ता घटना दोहोरिन्छन ? को जिम्मेवार त एस्को लागि ? किन एस्तो छोरा र छोरीको भेदमा अझै पनि छलफल भइरहन्छ ? एस्तै अनेक अनेक प्रश्न अझै पनि मेरा मन मस्तिकमा आई रहन्छन ।
(नामहरु परिवर्तन गरिएको)

-  शुभा देवी सापकोटा

2 comments:

Love and Belief

The purpose of love is not only to love and receive love in return, but to believe in each other. When we struggle to believe in our own str...