Friday, 29 May 2020

हो म हत्यारा हुँ

हो हत्यारा हुँ

 

स्कुलमा जब डाक्टर बन्ने अठोट गरें

हत्या गर्ने मेरो श्रृंखला सुरु भयो

खुत्रुकेको पैसाले जब मैले पहिलो किताब किनें

मैले मेरो बालापन​को हत्या गरें

कलेजमा पुगें

साथी समुहसङ्गको घुमघाम, रमाइलो गुमाएँ

"पहिले डाक्टर बन्छुँ अनि घुमौला"

मैले मेरो इच्छा आकंक्षाको हत्या गरें

आमाले पैसा छैन डाक्टर बनाउन भन्नुभो

खुल्लामा नाम निकाल्ने अठोटले

दिनरात​, वर्ष केहि नभनि

एम.सि.किउका ठेलिमा डुबेर बित्यो

खुसी थिएँ, नाम निस्कियो, डाक्टर हुनेछु

हिप्पोक्रेटिक शपथ लिदा पत्तो एन मेरो

हत्याका लहर बल्ल पो सुरु एछन्

दिनरात केहि नभनि निरन्तर लागिरहें

१२ घन्टा कहिले ३६ घन्टा डिउटि

हो मैले मेरो निन्द्राको हत्या गरें

भोकोपेट मुखमा पाउरोटिको टुक्क्रा चेपी

इमर्जेन्सि भनेर दगुरें

हो मैले भोकप्यासको हत्या गरें

मेरो व्यक्तिगत जीवनको पत्तो भएन

एम.बि.बि.एस भने फेरि एम.डि भने

मेरा साथिहरु परिवारिक जीवनमा रमाउन थाले

अझै डाक्टर बन्छु

जीवन रक्षा गर्छु भन्ने सुरमानै दगुरें

हो मैले मेरो जीवनको पनि हत्या गरें

अन्तत डाक्टर बनें

कसैको जीवन रक्षाको लागि

दिनरात​, भोकप्यास केहि नभनि

खटिरहें, लडिरहें

आफुले सिकेको, जानेको, भोगेको सबै

उपचार पद्दति अपनाएँ

अझै पनि हत्यारानै कहलिएको छु!!

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...