Thursday, 27 July 2017

हाए जिन्दगी



हाए जिन्दगी
जीवनको सुरुवातले खुसिको लहर ल्याएको थियो
माथिल्लो उचाईमा पुग्ने इच्छा उब्जिएको थियो
केहि गर्छु र सबै सुबिधा हासिल गर्छु भन्ने हिम्मत जागेको थियो
हाए जिन्दगी फेरि त्यही खाल्डोमा पछारि दियौ

नयाँ साथीको आगमनले केहि राहत मिलेको थियो
जीवनमा अगाडि बड्ने र उन्को साथमा रम्ने रहर जागेको थियो
मिलोमतोमा घरपरिवार सवार्ने हिम्मत जुटेको थियो
हाए जिन्दगी साउनको भेलझैं सबै बगाएर ल​ग्यौ

ती अंशरूपि सुन्दर मुस्कानको साथले भए पनि
नयाँ आकासमा रम्ने अठोट थियो
आफ्नो सारा सपना त्यो बालापनमा देख्ने आकंक्षा थियो
हाए जिन्दगी मेरो अंश पनि तिमीले मबाट चट्ट चुडेर ल​ग्यौ

अझैं पनि झिनो आसमा जीवन बाच्ने प्रयास रहेको थियो
टुक्रएको मुटुलाई बटुल्दै थिँए
अनाएसै कालो बादल छायो आधिवेरी मडारिएर आयो
हाए जिन्दगी दु:ख कम भएको थियो र? अझै दु:ख ओइराइदियौ

-    शुभा देवी सापकोटा

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...